समृद्धि फाइनान्सले निष्कासन गर्न लागेको २ सय प्रतिशत हकप्रद शेयरका लागि
Thursday Jul 30, 2020
वि.सं.२०७७ साउन १५ बिहीवार ००:४३

काठमाडौं – समृद्धि फाइनान्सले निष्कासन गर्न लागेको २ सय प्रतिशत हकप्रद शेयरका लागि इक्रा नेपालले कमजोर आधार जनाउने इक्रा एनपी आईपीओ ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले १ बराबर २ को अनुपातमा रू। ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले गत फागुन २३ गतेनै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
बोर्डको वेवसाइटलाई हेर्दा कम्पनीलाई बोर्डले असार ३० गते सुझाब पठाएको छ । समृद्धिको हकप्रद विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
समृद्धिले हाल कायम चुक्तापूँजी रू। १८ करोड १९ लाख ८० हजारको आधारमा २ सय प्रतिशत हकप्रद विक्री गर्न लागेको हो । यस कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू। २ करोड ४८ लाख ७२ हजार खुद नाफा गरेको छ । सो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू। १ करोड ९८ लाख ९७ हजार छ ।
जगेडा कोष रकम रू।२३ करोड ५० लाख भन्दा बढी छ । प्रतिशेयर आम्दानी वार्षिक रू। १८ दशमलव २२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू। ६८ दशमलव १२ रहेको छ ।



























