CG Electronics
IME Life
Ncell NPL

पश्चिम ठमेल पर्यटन परिषदद्वारा सञ्चारकर्मीसहित विभिन्न व्यक्तित्व सम्मानित

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

पश्चिम ठमेल पर्यटन परिषद्ले विभिन्न संस्था एवं व्यक्तित्वहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार ठमेलमा आयोजित एक कार्यक्रमबीच लकडाउनको अवधिमा परिषद्को अगुवाईमा सञ्चालन गरिएका विविध सामाजिक कार्यमा सहभागी एवं सहयोगी संस्थाहरुलाई सम्मान गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नं। १६ का वडाध्यक्ष मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा परिषद्को सामाजिक कार्यमा प्रत्यक्ष सहयोग पुर्याउने सञ्चारमाध्यम, सुरक्षाकर्मी, विभिन्न संस्था र होटल व्यवसायीलगायतलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा होटल सञ्चालक चन्द्रविर कंसाकार, लोकबहादुर श्रेष्ठ, सोह्रखुट्टे प्रहरी बृत्तका प्रहरी निरीक्षक सुरेन्द्र धमला, सोह्रखुट्टे ट्राफिक कार्यालयका राजु भण्डारी, फेम्ली एण्ड फ्रेन्ड्सका रन्डल बलिङ, प्रभाव राष्ट्रिय दैनिकका कृष्ण कार्की, न्यु मिडिया एकेडेमीका मणिराज गौतम र टुरिजम मेलका प्रशान्त प्रधानलाई सम्मान गरिएको थियो ।


परिषद्का अध्यक्ष सन्तोष पाँडेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि रिजालले परिषद्ले छोटो समयमा निभाएको सामाजिक उत्तरदायित्वको कार्यक्रमले आफू प्रभावित भएको बताए । उनले परिषद्ले चालेका हरेक सामाजिक कार्यमा वडाको आवश्यक सहयोग र साथ हुने बताए । वडाध्यक्ष रिजालले पश्चिम ठमेलमा व्यवसाय सञ्चालनका लागि घर भाडामा दिइरहेका घरधनीहरुको सम्पत्ति कर छुट दिएको बताउँदै वडाले यस क्षेत्रमा व्यावसाय सञ्चालन गर्दै आएका व्यवसायीको हितमा वडा कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

उक्त अवसरमा अहिलेको विषम परिस्थितिमा आफ्नो घरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई घरभाडा छुट दिएका लोकबहादुर श्रेष्ठ, चन्द्रविर कंसाकारलाई पनि सम्मानित गरिएको थियो । श्रेष्ठले आफ्नो घरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई १ महिनाको पूरा भाडा र १ वर्षका लागि ५० प्रतिशत भाडा छुट दिएको जनाए ।

उक्त कार्यक्रममा परिषद्का सहकोषाध्यक्ष राजेन्द्र कुँवरले यस क्षेत्रका घरधनीहरुले व्यवसायीप्रति देखाएको सदाशयताका कारण आगामी दिनमा व्यवसाय सञ्चालनमा सहयोग पुग्ने बताए । कुँवरले यस्तो महामारीको बेला यस क्षेत्रका करिब ८० प्रतिशत घरधनीहरुले परिषद्को समन्वयमा घरभाडामा छुट दिन सहमति भएको बताउँदै यसका लागि सम्पूर्ण घरधनीहरुप्रति आभारसमेत व्यक्त गरे ।

पश्चिम ठमेल कालधारा, सोह्रखुट्टे, पकनाजोल, क्षेत्रपाटी लगायतका स्थानलाई समेटेर व्यवसायीले हालै गठन गरेको संस्थाले छोटो समयमा नै सामाजिक कार्यलाई प्रमुख मुद्दा बनाएर विभिन्न सामाजिक कार्यक्रम, रक्तदान कार्यक्रमलगायतका कार्यक्रम आयोजना गर्दै आएको छ ।

सम्पूर्ण विश्व नै विषम परिस्थितिबाट गुज्रिरहेको यस परिवेशमा परिषद्ले आफ्नो स्थानबाट स्थानीय, जनप्रतिनिधि र विभिन्न संस्थाहरुको सहयोगमा करिब २ महिनासम्म नियमित खानाको व्यवस्था गरेको थियो ।

उक्त कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष रामशरण थपलिया, गाउँले पर्यटनका अध्यक्ष तेजेन्द्र पौडेल, एनसीसीएस कलेजका सन्तोष मास्केलगायतको उपस्थिति रहेको थियो । परिषद्का महासचिव मन्दिप गिरीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन रामकृष्ण तिमल्सिनाले गरेका थिए ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...