CG Electronics
IME Life
Ncell NPL

बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ –एशियाली खेलकूद प्रतियोगिता (एसियाड)को तयारीमा रहेको नेपाली राष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको छ ।

बुधबार थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकूद विकास विभाग प्रमुख कूलबहादुर थापालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

टोलीले दुई महिनासम्म थाइल्याण्डको बैंककमा विशेष प्रशिक्षणमा सहभागी हुनेछन् ।

प्रशिक्षणका दौरानमा टोलीले थाइल्याण्डमा हुने थाइल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिप (किङ्स कप) मा पनि सहभागिता जनाउनेछ ।

च्याम्पियनसिप जुन २८ देखि जुलाई ६ तारिखसम्म हुँदैछ ।

किङ्स कपमा सहभागी हुने खेलाडीमा महिलातर्फ विमला श्रेष्ठ ५१ केजी, संगीता सुनार ५७ केजी र पुनम रावल ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछ ।

त्यस्तै पुरुषतर्फ तेजबहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, विमल रोका ५६ केजी र एकबहादुर घले ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछन् भने भूपेन्द्र थापाले ६४ केजी, विष्णु घलेले ६९ केजी र दीपक श्रेष्ठ ७५ केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछ ।

टोलीको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, सहायक प्रशिक्षकमा दीपक महर्जन, टोली व्यवस्थापकमा दिलीपा श्री अधिकारी र मिडिया अफिसरमा महेशबाबु काफ्ले रहेका छन् ।

सदस्य सचिव केशवकुमार विष्टले एशियन गेम्समा पदकको आशा गरिएको खेललाई तीन महिनाअघिबाटै विशेष प्रशिक्षण गराउन शुरु गरिएको बताए ।

उनले विशेष प्रशिक्षण सबै खेलका लागि आवश्यक रहेको बताउँदै यसपटकको एशियन गेम्समा विगतका सबै रेकर्डहरू तोडिने विश्वास व्यक्त गरे ।

“हामीले पदकको सम्भावना भएका खेलमा तीन महिनाअघिबाट विशेष प्रशिक्षण गराएका छौँ ।

यसपटकको एशियन गेम्समा राम्रो रेकर्ड आउने हामीले विश्वास लिएका छौँ”, उनले भने ।

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ०९:४७

  काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...