नेपालले लड़र्समा खेल्ने नेदरल्याण्डसविरुद्धको टि–२० खेललाई आईसीसीको अन्तर्राष्ट्रिय मान्यता

Saturday Jun 30, 2018
वि.सं.२०७५ असार १६ शनिवार ०७:२०
काठमाडौं–जुलाई अन्तिममा बेलायतको लर्डसमा हुने त्रिकोणात्मक श्रृखंला अन्तर्गत नेपाल र नेदरल्याण्डस विचको खेललाई आईसीसीले अन्तराष्ट्रिय मान्यता दिएको छ ।
जुलाई २९ मा मेर्लिबोन क्रिकेट क्लव (एमसीसी) र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृखंलामा नेपालले पनि सहभागिता जनाउदै छ ।
जसलाई आइसीसीले अन्तराष्ट्रिय मान्यता दिएको हो ।
२० ओभरको खेलमा नेपालले पहिलो खेल एमसीसीसँग खेल्नेछ भने दोस्रो खेलमा नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्नेछ ।
एमसीसीको नेतृत्व श्रीलंकाका खेलाडी महिला जयवर्दनेले गर्ने एमसीसीले जनाएको छ भने नेपाली खेलाडीको छनौट भने अझै हुन् बाँकि छ ।
नेपालले एकदिवसीय मान्यता पाएपछि खेल्न लागेको पहिलो अन्तर्रा्ष्ट्रिय टि–२० खेललाई आसिसीले अन्तर्राष्ट्रिय टि–२० को मान्यता दिएको हो ।
लर्डसमा ट्राइसिरीज खेलेपछि टिम पहिलो अन्तराष्ट्रिय एकदिवसिय खेलका लागि नेदरल्याण्डस् जानेछ ।
जसमा नेपालले घरेलु टिमसँग दुई एकदिवसिय खेल खेल्नेछ ।