CG Electronics
IME Life
NIMB

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र युवा प्रेरणा’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम बुधबार नेपाल चेम्बर अफ कमर्समा सम्पन्न भएको छ । उक्त कार्यक्रममा संघीय संसद् सदस्य एवं सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की कोषाध्यक्ष लिमा अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले लामो समयदेखि निजी क्षेत्रले अपेक्षा गरेअनुरूप मुलुकमा पाँच वर्षका लागि स्थायी सरकार गठन भएको उल्लेख गर्नुभयो । उहाँले विगतको जस्तो अस्थिर र संकुचित आर्थिक नीति दोहोरिन नदिने गरी सरकारले योजनाबद्ध ढंगले काम गरिरहेको बताउनुभयो । वर्तमान अवस्थालाई अवसरका रूपमा लिन आग्रह गर्दै उहाँले राजनीतिक मात्र नभई आर्थिक क्षेत्रमा समेत आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले सुशासन कायम गर्न डिजिटलाइजेसन, फेसलेस तथा पेपरलेस प्रणालीलाई प्राथमिकतामा राखिएको बताउँदै अब उद्योगहरू एकै दिनमा दर्ता हुन सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै आर्थिक रूपान्तरण गर्ने दिशामा सरकार अघि बढिरहेको उहाँको भनाइ थियो ।

सांसद अधिकारीले आगामी बजेटलाई निजी क्षेत्रमैत्री बनाउने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै बेरोजगारी न्यूनीकरणका लागि १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । सूचना प्रविधिसँग जोडेर ग्रामीण क्षेत्रबाट समेत काम गर्न सकिने वातावरण निर्माण गरिने, स्टार्टअप व्यवसायलाई कर छुट, बीउ पूँजी तथा वित्तीय पहुँच विस्तार गरिने उहाँले बताउनुभयो ।

साथै महिला तथा युवामुखी कार्यक्रमलाई प्रोत्साहन गर्दै नवप्रवर्तन परियोजना सञ्चालन गरिने धारणा राख्नुभयो । उत्पादन लागत घटाई उद्योगको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न सडक सञ्जाल विस्तार, उद्योग सञ्चालनका लागि कम लागतमा जग्गा उपलब्ध गराउने, औद्योगिक क्षेत्रलाई व्यवस्थित बनाउने तथा ऐन-नियममा सुधार गरिने उहाँले उल्लेख गर्नुभयो । यस्ता सुधारबाट महिला उद्यमशीलता विकासमा उल्लेखनीय प्रगति हासिल हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल अहिले निर्णायक मोडमा रहेको बताउँदै महिला र युवा शक्तिलाई उचित रूपमा उपयोग गर्न सके देशले तीव्र विकास हासिल गर्न सक्ने धारणा राख्नुभयो । महिला समावेशीकरण र सशक्तीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले फिलिपिन्सको उदाहरण प्रस्तुत गर्दै महिलाहरूले आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो । अध्यक्ष अग्रवालले महिला उद्यमशीलताको विकासका लागि वित्तीय पहुँच, बजार तथा प्रविधिसँग जोडिन आवश्यक रहेको बताउँदै नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । परम्परागत सोचबाट मात्र परिवर्तन सम्भव नभएको उल्लेख गर्दै उहाँले सानो सुरुवातबाट पनि ठुलो परिवर्तन सम्भव हुने भएकाले युवा शक्तिलाई उद्यमशीलतामा अघि बढ्न आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले महिलाका समस्यालाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । हाल करिब १ करोड १० लाख नेपाली विदेशमा रहेको र नेपाली उत्पादनको माग बढ्दै गएको उल्लेख गर्दै महिला उद्यमलाई यसैसँग जोड्न सके आर्थिक सफलता हासिल गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल महिला चेम्बरकी सचिव इरा प्रसाईंले बढ्दो युवा पलायन रोक्न उद्यमशीलतालाई रोजगारीको आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सरकार र निजी क्षेत्रबीच समन्वय गरी उत्पादनलाई बजारसँग जोड्नुपर्ने तथा धितोविनाको वित्तीय सुविधा नीतिमा भए पनि कार्यान्वयनमा समस्या रहेको उहाँले बताउनुभयो ।

अन्तरक्रियामा सहभागी महिला उद्यमीहरूले महिलालाई उद्योग सञ्चालनका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुपर्ने, स्टार्टअप तथा कर्जा सुविधा सहज बनाउनुपर्ने, वित्तीय पहुँच विस्तार, अन्तर्राष्ट्रिय बजारमा पहुँच, सशक्तीकरणमूलक कार्यक्रमको अभाव, निर्यात प्रक्रियामा जटिलता, जोखिममा रहेका उद्योग व्यवसायको संरक्षण तथा एमआरपीसम्बन्धी समस्याका विषयमा आफ्ना धारणाहरू राखेका थिए ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...