CG Electronics
IME Life
NIMB

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण निर्माण व्यवसायीहरू गम्भीर समस्यामा परेको भन्दै नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरले बिहीबार (आज) जारी गरेको प्रेस विज्ञप्तिमा मध्यपूर्व युद्धको प्रभावले निर्माण सामग्री, डिजेल तथा ढुवानी खर्चमा भएको निरन्तर मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू आर्थिक सङ्कटमा परेको उल्लेख गरिएको छ ।

चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भएको मूल्य समायोजनको प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा समस्या झन् बढेको चेम्बरले जनाएको छ । चेम्बरका अनुसार लागत वृद्धि, समयमै भुक्तानी नहुनु तथा प्रशासनिक झन्झटका कारण विकास निर्माणका काम प्रभावित भएका छन् र यसको असर सिमेन्ट, स्टिल, डन्डी, पाइप तथा वायर उद्योगलगायत निर्माणसँग सम्बन्धित अन्य व्यवसायमा समेत परेको जनाइएको छ ।

नेपाल चेम्बर अफ कमर्सले निर्माण क्षेत्रलाई थप सङ्कटमा जानबाट रोक्न आवश्यक नीति तथा निर्णय तत्काल लागू गर्न सरकारसँग आग्रह गरेको छ । साथै मूल्य समायोजनसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गरी निर्माण व्यवसायीहरूलाई राहत दिनुपर्नेमा चेम्बरले जोड दिएको छ । चेम्बरले सडक, ऊर्जा, जलस्रोत, सहरी विकास तथा औद्योगिक पूर्वाधारलाई प्राथमिकतामा राखी दीर्घकालीन योजना बनाउन सरकारलाई सुझाव दिएको छ ।

पूर्वाधार विकासलाई प्राथमिकता दिइए पनि निर्माण व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको चेम्बरको धारणा छ । सरकार र निजी क्षेत्रबीच सहकार्य तथा विश्वासको वातावरण कायम भए आर्थिक विकासको लक्ष्य हासिल गर्न सहज हुने विश्वास चेम्बरले व्यक्त गरेको छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...