CG Electronics
IME Life
NIMB

स्पेन रसियासँग र पोर्चुगल उरुग्वेसँग भिडने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


मस्क ः रसियामा जारि फिफा विश्वकप फुटबल २०१८ मा समुह बी बाट स्पेन समुह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

त्यस्तै, समूह बीबाट उपविजेता बन्दै पोर्चुगलले पनि अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ ।

लिग चरणको अन्तिम चरणको खेलमा पोर्चुगल–इरान (१–१) र स्पेन–मोरोक्को (२–२) ले बराबरी खेले ।

समान ५ अंक बनाएका पोर्चुगल र स्पेनले गोल अन्तरको आधारमा स्पेन समुह विजेता भनेको हो । उक्त खेलमा पोर्चुगलले
स्पेन र पोर्चगल अन्तिम १६ मा
क्वारिज्माको गोलबाट अग्रता लिएपछि दबाबमा परेको इरानका खेलाडी आक्रमक रुपमा मैदानमा उत्रेका थिए ।

उनीहरुले लगातार पोर्चुगलको पोस्टमा आक्रमण गरेका थिए । जसका कारण खेलमा फल बढी भएको थियो ।

यसैबीच पोर्चुगलका खेलाडी रोनाल्डो समेत विवादमा फसे ।

उनले इरानका मोर्टेजा पौरालीगान्जीको अनुहारमा हातले समातेका थिए ।

रेफ्रीले रोनाल्डोलाई पहेँलो कार्ड देखाएका थिए ।

पोर्चुगलले पाएको पेनाल्टीको सदुप्रयोग रोनाल्डोले गर्न सकेनन् ।
इन्जुरी टाइममा इरानका करिम अन्सारीफर्डले पेनाल्टीमार्फत गोल गरी खेलमा १–१ को बराबरी कायम गर्न सफल भए ।

यो खेल जित्नैपर्ने दबाबमा रहेको इरान बराबरीमा रोकिएपछि इरानको यात्रा रोकिएको हो ।

यस्तै, सोमबार राति नै भएको अर्को खेलमा स्पेन र मोरक्कोले २–२ गोल गरी बराबरीमा रोकिएका छन् ।

स्पेन समूह बीको विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ । खेलको १४औं मिनेटमै मोरक्कोले बाउटेबको गोलबाट अग्रता लिएको थियो ।

तर, पाँच मिनेटपछि नै स्पेनका इस्कोले बराबरी गोल गरे । मोरक्कोका खेलाडी युसुफ एन नेसरीले ८१औं मिनेटमा गोल गर्दै मोरक्कोलाई २–१ को अग्रता दिलाएका थिए ।

तर, इन्जुरी टाइमको सुरुवातमा स्पेनका ड्यानी कार्भाजलको पासमा असपासले बराबरी गोल फर्काए ।

उनको यो गोललाई भीएआर रिभ्यूपछि मात्र मान्यता दिइएको थियो ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...