स्पेन रसियासँग र पोर्चुगल उरुग्वेसँग भिडने

Saturday Jun 30, 2018
वि.सं.२०७५ असार १६ शनिवार ०७:१४
मस्क ः रसियामा जारि फिफा विश्वकप फुटबल २०१८ मा समुह बी बाट स्पेन समुह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।
त्यस्तै, समूह बीबाट उपविजेता बन्दै पोर्चुगलले पनि अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ ।
लिग चरणको अन्तिम चरणको खेलमा पोर्चुगल–इरान (१–१) र स्पेन–मोरोक्को (२–२) ले बराबरी खेले ।
समान ५ अंक बनाएका पोर्चुगल र स्पेनले गोल अन्तरको आधारमा स्पेन समुह विजेता भनेको हो । उक्त खेलमा पोर्चुगलले
स्पेन र पोर्चगल अन्तिम १६ मा
क्वारिज्माको गोलबाट अग्रता लिएपछि दबाबमा परेको इरानका खेलाडी आक्रमक रुपमा मैदानमा उत्रेका थिए ।
उनीहरुले लगातार पोर्चुगलको पोस्टमा आक्रमण गरेका थिए । जसका कारण खेलमा फल बढी भएको थियो ।
यसैबीच पोर्चुगलका खेलाडी रोनाल्डो समेत विवादमा फसे ।
उनले इरानका मोर्टेजा पौरालीगान्जीको अनुहारमा हातले समातेका थिए ।
रेफ्रीले रोनाल्डोलाई पहेँलो कार्ड देखाएका थिए ।
पोर्चुगलले पाएको पेनाल्टीको सदुप्रयोग रोनाल्डोले गर्न सकेनन् ।
इन्जुरी टाइममा इरानका करिम अन्सारीफर्डले पेनाल्टीमार्फत गोल गरी खेलमा १–१ को बराबरी कायम गर्न सफल भए ।
यो खेल जित्नैपर्ने दबाबमा रहेको इरान बराबरीमा रोकिएपछि इरानको यात्रा रोकिएको हो ।
यस्तै, सोमबार राति नै भएको अर्को खेलमा स्पेन र मोरक्कोले २–२ गोल गरी बराबरीमा रोकिएका छन् ।
स्पेन समूह बीको विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ । खेलको १४औं मिनेटमै मोरक्कोले बाउटेबको गोलबाट अग्रता लिएको थियो ।
तर, पाँच मिनेटपछि नै स्पेनका इस्कोले बराबरी गोल गरे । मोरक्कोका खेलाडी युसुफ एन नेसरीले ८१औं मिनेटमा गोल गर्दै मोरक्कोलाई २–१ को अग्रता दिलाएका थिए ।
तर, इन्जुरी टाइमको सुरुवातमा स्पेनका ड्यानी कार्भाजलको पासमा असपासले बराबरी गोल फर्काए ।
उनको यो गोललाई भीएआर रिभ्यूपछि मात्र मान्यता दिइएको थियो ।