Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

स्रो चरणमा जान जर्मनीले जित्नै पर्ने स्वीजरल्याण्डलाई अर्को चरणको दा बाटो खुला

Machhapuchchhre Bank Limited

मस्कोः जारी विश्वकपमा आज सन् २०१४मा ब्राजिलमा भएको विश्वकपको विश्वविजेता जर्मनीले दक्षिण कोरियाको सामना गर्दैछ । अघिल्लो चरणमा जान जर्मनीले आजको खेल जित्नै पर्ने हुन्छ । यो खेल गुप्र एफ अन्र्तगत लीग चरणको अन्तिम खेल हो । यसअघि भएका दुई खेलमा जर्मनीले एक जीत र एक खेलमा हार व्यहोरेको थियो । जर्मनीले खेलेको पहिलो खेलमा मेक्सिकोसँग अप्रत्यासित हार व्यहोरेको थियो । उक्त खेलमा मेक्सिकोले जर्मनीलाई १–० गोल अन्तरले पाखा लगाएको थियो । त्यस्तै, दोस्रो खेलमा जर्मनीले स्वीडेन माथि २–१ को नतिजा निकाल्यो । जर्मनीको यो समुहमा ३ अंक बनाएको छ । आज हुने अन्तिम खेलमा जित निकालेमा जर्मनीको ६ अंक हुनेछ र अन्तिम १६ मा प्रवेश पाउनेछ । यदि हारेमा जर्मनी स्वतः बाहिरिनेछ । दक्षिण कोरिया दुई खेलमा हार व्यहोर्दै अंक विहिन छ ।
त्यस्तै, आज नै समूह एफकै स्वीडेन र मेक्सिकोको विचको खेल पनि हुँदैछ । मेक्सिकोले ६ अंक बनाएर अन्तिम १६ मा प्रवेशको ढोका बलियो बनाएको छ । यदि आजको खेलमा स्वीडेन विजयी भएमा स्वीडेनको पनि ६ अंक हुनेछ । जर्मनीसँग हारेको स्वीडेनले दक्षिण कोरियालाई १–० ले हराउँदै ३ अंक बनाएको छ । यसको साथै जर्मनीले दक्षिण कोरियासँग जीत निकालेमा जर्मनी, स्वीडेन र मेक्सिकोको समान ६ अंक हुनेछ । यसो भएमा गोल अंन्तरको आधारमा यी मध्ये दुई देशमात्र अर्को चरणमा प्रवेश पाउनेछन् । मेक्सिकोको २ गोल प्लस छ भने जर्मनी र स्वीडेनको गोल अन्तर छैन् । स्वीडेन र जर्मनी जसले धेरै गोल अन्तरले जित्छन्, ऊ नै दोस्रो चरणमा जानेछन् ।
यस्तै, आजनै समुह इ अन्र्तगतका लिग चरणका अन्तिम खेलहरु हुँदैछन् । आज हुने खेलमा ब्राजिलले सर्बियाको सामना गर्दै छ भने स्वीजरल्याण्डले कोस्टारिकाको सामना गर्दै छ । सदावहार दाबेदार मानिएको ब्राजिलले यस अघि एक खेल बराबरी र एक खेलमा जीत निकाल्दै ४ अंक बनाएको छ । ब्राजिलको सामना गर्ने सर्वियाको पनि कोस्टारिकालाई १–० ले हराउँदै ३ अंक बनाएको छ । यदि आजको खेलमा ४ अंक बोकेको ब्राजिललाई हराएमा सर्बियाले अन्तिम १६मा स्थान पाउनेछ । त्यस्तै, यहि समुहको आज हुने अर्को खेलमा स्वीजरल्याण्डले कोस्टारिकाको सामना गर्दै छ । ब्राजिललाई बराबरीमा रोकी सर्वियासँग २–१ को जित निकालेको स्वीजरल्याण्ड कोस्टारिकालाई हराई अर्को चरणमा स्थान पक्का बनाउने दाउमा छ । ४ अंक बोकेको स्वीजरल्याण्डले कोस्टारिकासँग बराबरी खेलपनि दोस्रो चरणमा जाने सम्भावना उत्तिकै छ । यदि आजको खेलमा स्वीजरल्याण्ड हारेपनि ब्राजिलले सर्वियालाई हराएमा स्वतः अन्तिम १६ मा जानेछ । तर ब्राजिल र सर्विया बराबरी भए भने स्वीजरल्याण्ड नै अर्को चरणमा जानेछ ।
आजका खेलहरु
मेक्सिको – स्वीडेन ७ः४५ बजे
जर्मनी– दक्षिण कोरिया ७ः४५ बजे
स्वीजरल्याण्ड–कोस्टारिका ११ः४५ बजे
ब्राजिल–सर्विया ११ः४५ बजे

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

कक्षा १२ परीक्षा सुरक्षार्थ कर्मचारी खटाउन जिप्रका धनुषाको आग्रह

कक्षा १२ परीक्षा सुरक्षार्थ कर्मचारी खटाउन जिप्रका...

वि.सं.२०८२ वैशाख ९ मंगलवार २३:२४

  जनकपुर । धनुषा जिल्लामा वैशाख ११ गतेदेखि सुरु हुन...

नेपाल–भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि महत्वपूर्ण सम्झौता

नेपाल–भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण...

वि.सं.२०८२ वैशाख ९ मंगलवार २३:११

  काठमाडौँ, ९ वैशाख। नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय...

कर लिएपछि सुविधा बढाउने नीतिअनुरुप करका दर र दायरा निर्धारण

कर लिएपछि सुविधा बढाउने नीतिअनुरुप करका दर...

वि.सं.२०८२ वैशाख ९ मंगलवार २३:०६

  काठमाडौँ । कर सम्बन्धी शिक्षा र सूचना पाउने करदाताको...