CG Electronics
Ncell NPL
NIMB

स्रो चरणमा जान जर्मनीले जित्नै पर्ने स्वीजरल्याण्डलाई अर्को चरणको दा बाटो खुला

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

मस्कोः जारी विश्वकपमा आज सन् २०१४मा ब्राजिलमा भएको विश्वकपको विश्वविजेता जर्मनीले दक्षिण कोरियाको सामना गर्दैछ । अघिल्लो चरणमा जान जर्मनीले आजको खेल जित्नै पर्ने हुन्छ । यो खेल गुप्र एफ अन्र्तगत लीग चरणको अन्तिम खेल हो । यसअघि भएका दुई खेलमा जर्मनीले एक जीत र एक खेलमा हार व्यहोरेको थियो । जर्मनीले खेलेको पहिलो खेलमा मेक्सिकोसँग अप्रत्यासित हार व्यहोरेको थियो । उक्त खेलमा मेक्सिकोले जर्मनीलाई १–० गोल अन्तरले पाखा लगाएको थियो । त्यस्तै, दोस्रो खेलमा जर्मनीले स्वीडेन माथि २–१ को नतिजा निकाल्यो । जर्मनीको यो समुहमा ३ अंक बनाएको छ । आज हुने अन्तिम खेलमा जित निकालेमा जर्मनीको ६ अंक हुनेछ र अन्तिम १६ मा प्रवेश पाउनेछ । यदि हारेमा जर्मनी स्वतः बाहिरिनेछ । दक्षिण कोरिया दुई खेलमा हार व्यहोर्दै अंक विहिन छ ।
त्यस्तै, आज नै समूह एफकै स्वीडेन र मेक्सिकोको विचको खेल पनि हुँदैछ । मेक्सिकोले ६ अंक बनाएर अन्तिम १६ मा प्रवेशको ढोका बलियो बनाएको छ । यदि आजको खेलमा स्वीडेन विजयी भएमा स्वीडेनको पनि ६ अंक हुनेछ । जर्मनीसँग हारेको स्वीडेनले दक्षिण कोरियालाई १–० ले हराउँदै ३ अंक बनाएको छ । यसको साथै जर्मनीले दक्षिण कोरियासँग जीत निकालेमा जर्मनी, स्वीडेन र मेक्सिकोको समान ६ अंक हुनेछ । यसो भएमा गोल अंन्तरको आधारमा यी मध्ये दुई देशमात्र अर्को चरणमा प्रवेश पाउनेछन् । मेक्सिकोको २ गोल प्लस छ भने जर्मनी र स्वीडेनको गोल अन्तर छैन् । स्वीडेन र जर्मनी जसले धेरै गोल अन्तरले जित्छन्, ऊ नै दोस्रो चरणमा जानेछन् ।
यस्तै, आजनै समुह इ अन्र्तगतका लिग चरणका अन्तिम खेलहरु हुँदैछन् । आज हुने खेलमा ब्राजिलले सर्बियाको सामना गर्दै छ भने स्वीजरल्याण्डले कोस्टारिकाको सामना गर्दै छ । सदावहार दाबेदार मानिएको ब्राजिलले यस अघि एक खेल बराबरी र एक खेलमा जीत निकाल्दै ४ अंक बनाएको छ । ब्राजिलको सामना गर्ने सर्वियाको पनि कोस्टारिकालाई १–० ले हराउँदै ३ अंक बनाएको छ । यदि आजको खेलमा ४ अंक बोकेको ब्राजिललाई हराएमा सर्बियाले अन्तिम १६मा स्थान पाउनेछ । त्यस्तै, यहि समुहको आज हुने अर्को खेलमा स्वीजरल्याण्डले कोस्टारिकाको सामना गर्दै छ । ब्राजिललाई बराबरीमा रोकी सर्वियासँग २–१ को जित निकालेको स्वीजरल्याण्ड कोस्टारिकालाई हराई अर्को चरणमा स्थान पक्का बनाउने दाउमा छ । ४ अंक बोकेको स्वीजरल्याण्डले कोस्टारिकासँग बराबरी खेलपनि दोस्रो चरणमा जाने सम्भावना उत्तिकै छ । यदि आजको खेलमा स्वीजरल्याण्ड हारेपनि ब्राजिलले सर्वियालाई हराएमा स्वतः अन्तिम १६ मा जानेछ । तर ब्राजिल र सर्विया बराबरी भए भने स्वीजरल्याण्ड नै अर्को चरणमा जानेछ ।
आजका खेलहरु
मेक्सिको – स्वीडेन ७ः४५ बजे
जर्मनी– दक्षिण कोरिया ७ः४५ बजे
स्वीजरल्याण्ड–कोस्टारिका ११ः४५ बजे
ब्राजिल–सर्विया ११ः४५ बजे

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ...

वि.सं.२०८२ चैत २८ शनिवार २२:११

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक...