CG Electronics
IME Life
NIMB

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

NIMB
Himalayan Bank

 

काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा. लि. (CityPAY) र छिटो पैसा प्रा. लि. बीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। कम्पनीले २०८३ वैशाख २ गतेलाई प्रस्तावित मर्जर (Migration) मिति तय गरेको जनाएको छ।

मर्जरपछि छिटो पैसाका सम्पूर्ण सेवाग्राहीहरू सिटीपे (CityPAY) को डिजिटल इकोसिस्टममा समाहित हुनेछन्। कम्पनीका अनुसार यस कदमले डिजिटल भुक्तानी सेवामा एकीकृत, सहज र सुरक्षित अनुभव प्रदान गर्नेछ।

विशेषगरी राइड-सेयरिङ प्लेटफर्महरूमा कार्यरत राइडर, क्याप्टेन तथा हिरोहरूका लागि यो मर्जर महत्वपूर्ण हुने बताइएको छ। अब प्रयोगकर्ताहरूले छुट्टाछुट्टै वालेट प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्त भई सिटीपे मार्फत एकीकृत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन्।

कम्पनीले उपलब्ध गराएको सुविधाअनुसार अब राइडरहरूले आफ्नो बक्यौता तथा जरिवाना सिधै सिटीपे एपमार्फत तुरुन्त भुक्तानी गर्न सक्नेछन्। साथै, विशेष क्यासब्याक र लोयल्टी रिवार्ड्सजस्ता लाभहरू पनि उपलब्ध हुनेछन्। एउटै एपमार्फत व्यक्तिगत तथा व्यावसायिक कारोबार व्यवस्थापन गर्न सकिने भएकाले प्रयोगकर्ताको दैनिकी अझ सहज हुने कम्पनीको दाबी छ।

सिटीपे एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ।

कम्पनीका अनुसार सिटीपेले नेपालभर फोनेपे, नेपालपे र स्मार्ट क्यूआरमार्फत लाखौं मर्चेन्ट नेटवर्कमा भुक्तानी सुविधा प्रदान गर्दै आएको छ। साथै, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई तथा बस टिकट बुकिङ, सरकारी राजस्व तथा ट्राफिक फाइन भुक्तानी जस्ता सेवा पनि उपलब्ध छन्।

सिटी वालेटका सीईओ विनय रेग्मीले मर्जरलाई सेवा विस्तार र प्रयोगकर्तालाई थप सुविधा, सुरक्षा तथा लाभ प्रदान गर्ने महत्वपूर्ण कदमका रूपमा वर्णन गरेका छन्।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सुरक्षित प्रणाली र उच्च स्तरीय इन्क्रिप्सन प्रविधि प्रयोग गरिएको जनाएको छ।

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...