रोजगारीको लागि कतारमा रहेका बिरगंज निवासीको आर्थिक सहयोग र खाद्यान्न सामाग्री बितरण
Monday Sep 07, 2020
वि.सं.२०७७ भदौ २२ सोमवार २१:१७

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटी बिरगंजले खाद्यान्न सामाग्री बितरण गरेको छ । कोभिड(१९ कोरोना भाईरसले गर्दा बिरगंज महानगरमा जिल्ला प्रशासन कार्यालय पर्साले केही दिन देखि निषेधाज्ञा जारी गरेकोले काम नपाएर खान नपाएका गरिब , असहाय , बिपन्न र दलित समुदायका व्यक्तिहरुलाई आज खाद्यान्न बितरण गरेको थियो ।
खाद्यान्न सामाग्री सहयोगको लागि बिरगंज महानगर पालिका वडा न।२ बस्ने हाल रोजगारीको लागि कतारमा काम गर्दै आईरहनु भएको आफुले ओभर टाईम गरि कमाएको पैसा परोपकारी मनका धनी आफ्नो नाम उल्लेख नगर्ने शर्तमा खान नपाएकाहरुलाई खानाको लागि उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटी अध्यक्ष अजित कुमार भुजेल मार्फत बितरण गरिदिन आग्रह गर्नु भएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च बिरगंजका अध्यक्ष अजित कुमार भुजेलको नेतुत्वमा गएको टोलिले आज छपकैया, बिर्ता , रानिघाट , मुर्ली श्रीपुर एरिमा रहेका अति बिपन्न , दैनिक ज्यालादारी गरि खाने र कबाडी बिनेर खानेलाई बितरण गरेको थियो । खाद्यान्न सामाग्रीमा चामल (१० केजि , दाल(१ केजि , तेल(१ लिटर , सोयाबिन (५०० ग्राम र आयोनुन (१ केजि सहितको ३० पोका ३० जनालाई बितरण गरिएको अध्यक्ष भुजेलले जानकारी गराउनु भयो । खाद्यान्न सामाग्री बितरण कार्यमा उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीका कोषाध्यक्ष संतोषमान रन्जितकार , सदस्य मन्सुर खान , प्रहार डेलि डट कमका राहुल गुप्ता र न्युज २४ का जाकिर हुसेन लगायतकाको सहभागिता रहेको थियो ।




























