जनता बैंक र लाइफ इन्स्युरेन्स कर्पोरेसनबीच बैंकासुरेन्स सम्झौता
Friday Jul 13, 2018
वि.सं.२०७५ असार २९ शुक्रवार ०४:१२
काठमाडौं–जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।
आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले इन्स्योरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा आज लाइफ इन्स्योरेन्स कर्पोरेसनसँग पनि संझौता गरेको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारबीच बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।




























