CG Electronics
IME Life
NIMB

‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै एनसेल

NIMB
Himalayan Bank

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ । महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस सहकार्यको उद्देश्य एनसेलले जनाएको छ । एमयूएन एक समावेशी मञ्च हो, जसले नेपाली महिलालाई नेतृत्वदायी भूमिकामा पुग्ने गरी महिला सशक्तीकरणमा सहयोग पुर्याउने विश्वासका साथ काम गरिरहेको छ । यस सहकार्यअन्तर्गत एनसेल ‘कनेक्टेड बाई पार्टनर’को रुपमा आवद्ध भएको छ ।

एनसेलले हालै मात्र महिलाका लागि ‘अघि बढौं’ भन्ने थिमका साथ विषेश रुपमा तयार पारिएको ‘गो सिम’ प्याक ल्याएको थियो । एनसेलको ‘गो’ पहलको दर्शन भनेको प्रगतिशील महिलालाई आफ्ना लक्ष्य प्राप्तिका लागि अघि बढ्न प्रोत्साहन गर्नु हो । नेपालमै पहिलो पटक समावेशी दृष्टिकोणमा आधारित भई अगाडि बढिरहेको एमयूएनको पनि यही दर्शन छ । एनसेलले पुस ११ गते यही सहकार्यअन्तर्गत रही ‘मिस युनिभर्स नेपाल २०२०’ का उत्कृष्ट १८ जनामा आउन सफल प्रतिस्पर्धीसँग डा. रवीना देशराज (डेप्युटी सीईओ, मेगा बैंक), प्रियंका कार्की (कलाकार) र पूजा रिजाल (सोलो ट्राभलर)को अन्र्तक्रिया पनि आयोजना गरिएको थियो ।

प्रतियोगिताको फाइनल बुधबार साँझ हुनेछ । उत्कृष्ट १८ मा छानिएका मध्येबाट एक प्रतिस्पर्धीले ‘मिस युनिभर्स २०२०’को ताज जित्न सफल हुनेछिन् । ताजसँगै विजयीले रु. २५ लाख बराबरको पुरस्कार पाउनेछन् । आकर्षक नगद पुरस्कारका साथै आयोजकहरूले विजयीलाई विश्वमा हुने यस किसिमका प्रतियोगितामा सहभागी गराउनेछन् । महिलालाई लक्ष्यसम्म पुर्याउन थप सहयोग र प्रोत्साहन गर्दै सशक्तीकरणका लागि यस कार्यक्रममार्फत आबद्घ हुन पाएकोमा निकै हर्ष लागेको एनसेलले जनाएको छ । एमयूएनको मञ्चमार्फत विजयी प्रतियोगीले नेपाललाई विश्वमाझ प्रतिनिधित्व गर्ने मौका पाउनेछन् भने सबै प्रतिस्पर्धीले विश्वस्तरीय कोचिङ र गु्रमिङका साथ नेटवर्किङ, बिजनेस तथा जीवनमा चाहिने विभिन्न कलाका बारेमा सिक्ने मौका पाएका छन् ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...