CG Electronics
IME Life
NIMB

दशैंमा टाटा मोटर्स खरिद गर्ने ३४ जनाले जिते उपहार

NIMB
Himalayan Bank


काठमाडौं । टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा चाडपर्व लक्षित ‘यो दशैं, तिहारमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक ग्राहक उपहार योजना अन्तर्गतको बम्पर लक्की ड्र सम्पन्न भएको छ । प्रतिकुल परिस्थितिका कारण डिजिटल प्रबिधिको माध्यमबाट फेसबुक लाइभमार्फत बम्पर लक्की ड्र कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
देशैभरबाट १३०० भन्दा बढी सहभागीहरु मध्ये भाग्यशाली ३४ जना ग्राहकहरुलाई बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको छ । ३४ जना भाग्यशाली ग्राहकहरु मध्ये काठमाडौं र पोखराबाट १२ जना, बुटवलबाट ५ जना, हेटौंडाबाट ६ जना, इटहरीबाट ५ जना र नेपालगंजबाट ६ जना विजेता छानिएको थियो ।

भाग्यशाली ग्राहकहरु मध्ये एल.जी. ३१० लि.को डबल डोर रेफ्रिजेरेटर ६ जनाले, एल.जी. ८ के.जी फ्रन्ट लोड वासिङ्ग मेसिन ६ जनाले, सोनी ५५इन्च ईन्टरनेट टिभी ६ जनाले, सामसुङ नोट ट्वान्टी ७ जनाले र सामसुङ ट्यावलेट ९ जनाले जित्न सफल भएका छन् ।
कार्यक्रममा सिप्रदीका सिइओ राजन बाबु श्रेष्ठले ग्राहकहरुको अपार माया अनि उत्साहजनक सहभागिताले योजना सफल भएको बताए । उनले नेपालको बाटो घाटो अनि माटो सुहाउँदो टाटा गाडीले व्यापार, व्यवसाय बिस्तारमा सबै नेपालीको लागि महत्वपूर्ण भूमिका खेल्न सकोस् भनेर कामना गरे । सिप्रदीले आगामी दिनहरूमा ग्राहक लक्षित योजनाहरुलाई निरन्तरता दिइरहने प्रतिबद्धता जनाएको छ ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...