CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, बन्यो नेपालकै ठूलो तथा मजबुत बैंक

NIMB
Himalayan Bank

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।

बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ (प्रस्तावित १४% बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपियाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपियाँ भन्दा बढी पुग्नेछ ।

त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ CDS Clearing काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर, तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि-याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।

बैंकको १४औं वार्षिक उत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देशमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज भएको कुरालाई जोड दिँदै मर्जर तथा प्राप्तीमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उनले मर्जर पछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जर÷एक्विजिशनपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव-संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताए । उनले कोभिड–१९ को महामारीमा पनि बैंकहरुले आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलार्ई निरन्तररुपमा सेवा दिएको बताउँदै यसले बैंक तथा वित्तीय संस्थाप्रति आमजनमानसको विश्वास बढेको बताए ।

“कोभिड-१९ को विश्व महामारीको अत्यन्त जटिल र त्रासदिपूर्ण परिस्थितिमा पनि हामीले गरेको सेवालाई सबैले सम्झिने छन् । यसले बैंक व्यवसाय मात्र नभई आपत विपतको साथी र संकटको सारथी पनि हो भन्ने कुरालाई स्थापित गरेको छ,” उनले भने, “यसलाई हामीहरुले आफ्नो व्यवहार र सेवाले थप मजबुद र प्रष्ट पार्दै जानेछौं ।”

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालले महामारीको समयमा व्यवसाय र व्यवसायीलाई विभिन्न किसिमका सहुलियत र छुट दिँदै बैंक व्यवसायीहरुको संकटको सारथी बनेको बताए । “विश्व महामारीको अत्यन्तै जटिल र संकटको समयमा बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम निजी क्षेत्रले उठाउँदै आएको कर्जाको किस्ता र व्याज तिर्ने समयसीमा बढाएर, व्याजमा छुट दिएर निजी क्षेत्रको संकटको सारथी बनेर काम गरे । यसले हामी निजी क्षेत्र एकआपसमा मिलेर संकटको सामना गरियो भने पक्कै पनि भविष्यमा आइपर्ने सम्भावित संकटलाई परास्त गर्न वा त्यसको क्षति न्यून गर्न सकिन्छ भन्ने ज्ञान हामीले प्राप्त गरेका छौं । संकटको समयमा फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश पनि हामीले पाएका छौं” उनले भने ।

आफ्नो शुभकामना सन्देशमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिशनपछि अहिले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट, सबल र मजबुद बैंक बनेको बताए । “मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप उचाइमा पु¥याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने गरी बैंकले काम गरिरहेको छ ।” उनले भने ।

मर्जर र मर्जरपछिको व्यवस्थापनमा बैंक व्यवस्थापन केन्द्रित रहेको बताउँदै उनले अबका दिनमा बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्ने बताए । “मर्जरपछिका धेरै कामहरु अझै पनि बाँकी रहेका छन्,” प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले भने, “मर्जरको उचित व्यवस्थापन भइसकेपछि ग्लोबल आइएमई बैंक अहिलेको तुलनामा थप सबल र मजबुद बन्नेछ ।”

उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड नेपाल लगायत विभिन्न नियमनकारी निकायहरु, ग्राहकवर्ग तथा सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकप्रतिको निरन्तर साथ, सहयोग र विश्वासका लागि हार्दिक आभारसमेत व्यक्त गरे ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...