CG Electronics
IME Life
Ncell NPL

स्किल्ल वीक २०२१ को समापन समरोहमा ४ बिधामा नबिल स्किल्ल हिरोको घोषणा मार्च २९, २०२१ काठमाडौं

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं ।  स्किल वीक २०२१, दोस्रो संस्करण समापन समारोह सोमबार सोल्टी क्राउन प्लाजामा आयोजित विशेष जमघटको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १००+ इच्छुक उत्साहीहरुको उपस्थितिमा भब्यताका साथ समापन गरियो । स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम २१ मार्च देखी २९ मार्चसम्म सन्चालन भएको थियो । स्किल लाई बिकास गर्ने लक्ष्यका साथ “सिपले सम्मान सिपको सम्मान”, भन्ने नाराका साथ यस बर्षको स्किल्ल वीक कार्यक्रम समापन गरियो ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी रहेका थिए । यसैबिच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई नाबिल स्किल हीरो अवार्ड २०२१ उपाधीबाट सम्मानित गरेको थियो । स्किल वीक र नाबिल स्किल हीरो अवार्ड २०२१ को समापन समारोहमा एक मुख्य किनोट स्पीकरको रूपमा, शैक्षिक सुधारक, र दूरदर्शी श्री सोनम वांगचुकको उपस्थिती मा सन्चालन गरिएको थियो । उनकै जिवनमा आधारीत रहेर वहाँको शिक्षाप्रतिको सिद्धन्तलाई आकर्शक रुपमा थ्री इडीयड्स एक बलिवुड चलचित्रमा दर्शाइएको छ ।

पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि, हिमालयन जावाका सञ्चालक तथा एमडी श्री गगन प्रधानलाई नाबिल स्किल हीरोको रूपमा सम्मानित गरिएको थियो किनकि उनी एक प्रभावशाली व्यक्तित्व हुन जसले कफी उद्योगमा आफ्नो नाम कमाए र कफीको स्थापनामा अभिन्न भूमिका खेले । त्यस्तै, नेपाली संगीतमा रहेको विविधताको अनुसन्धान, संरक्षण र उत्सवप्रति प्रतिबद्ध लोक वाद्य कुटुम्बलाई कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएकोमा सम्मानित गरियो ।

उद्दमशीलता वर्गमा नेपाल महिला उद्यमी संघ नेपालका संस्थापक अध्यक्ष श्रीमती शान्ति चड्ढालाई सम्मानित गरियो । चड्ढाले आफ्नो व्यक्तिगत प्रयास, व्यवसाय र विभिन्न संस्थासँगको सम्बन्धको माध्यमबाट सीप विकास र आर्थिक सशक्तिकरणको पहलगरेर हजारौं महिला र परिवारलाई प्रभाव पारेकी छिन । विज्ञान र टेक्नोलोजीका लागि, कारखानाका सह–संस्थापक र सीईओ श्री पवित्र गौतमलाई २१ औं शताब्दीका लागि महत्वपूर्ण पाठ्यक्रमहरू सिर्जना गर्ने र प्रभावकारी शिक्षा सिर्जना गर्ने निर्माता आधारित शिक्षा प्रयोग गरेर वास्तविक जीवन र कक्षालाई विज्ञान र टेक्नोलोजी सगं जोड्न सक्ने मञ्च प्रदान गर्ने प्रयासको लागि सम्मानित गरियो ।

सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२१ नामक भब्य कार्यक्रम सन्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो ।

सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल “वर्कफोर्स अपस्किल्लिङ तथा रिस्किल्लिङ” शीर्षकमा आयोजित थियो । उक्त प्यानलमा मध्यमकर्ताका रुपमा ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक श्री आशिस ठाकुर हुनुहुन्थ्यो; प्यानेलमा श्री वीरेन्द्र पाण्डेय, उपाध्यक्ष, नेपाली उद्योग परिसंघ ; श्री कैबिनेट श्रेष्ठ, प्रबन्ध निर्देशक, अग्नि इनकोरपोरेटेड प्रा.लि.; श्री लक्ष्मण न्योपाने, अध्यक्ष ÷ एमडी, सिद्धार्थ हस्पिल्यटिलीटी समूह ; महामहिम नोना डेप्रेज, राजदूत, नेपालका लागि यूरोपीयन संघका प्रतिनिधिमण्डल; छलफलको लागि प्यानलिस्टको रूपमा उपस्थिती रहेको थियो ।

दोस्रो प्यानलमा छलफल शीर्षक “स्किल्ल्स फर पोस्ट पेनडेमिक वर्लड” छलफलले नेपालको सीप नीति, महामारी पछी भविष्यका सीपहरू विकास गर्न, रोजगार क्षमतामा सुधार गर्न, राम्रो कामलाई प्रोत्साहित गर्न, सिक्न र सामाजिकरण गर्न नयाँ प्रवृत्ति सम्बोधन गर्न आवश्यकतालाई प्रकाश पा¥यो । प्यानलिस्टको रूपमा सुश्री अस्था सखा, कार्यकारी निर्देशक, सखा समूह; श्री सुदीप आचार्य, प्रबन्ध निर्देशक, डिश होम; श्री सुमन घिमिरे, सह–सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल सरकार; र श्री रवि फुयाल, आईएनजी समूह हुनुहुन्थ्यो भने मध्यमकर्ता का रूपमा एपी १ एचडी टिभीका प्रमुख सम्पादक श्री टीका राम यात्रिज्युले कार्यक्रमलाई सन्चालन गर्नुभएको थियो ।

कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम नबिल बैंक सँगको साझेदारिमा सन्चालन भएको थियो । पावर्ड पाटनर सीजी पे, रणनीतिक साझेदारः भारतको दूतावास ; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ; नेपाल उद्योग परिसंघ ; उद्योग वाणिज्य महासंघ ; पे टिभी पार्टनरका रुपमा डिश होम, पि आर पार्टनरः भि चित्र ; सोल्टी क्राउन प्लाजा आतिथ्य पार्टनरका रूपमा ; एयरलाइन्स पार्टनरका रूपमा टकीर्स एयरलाइन्स र नेपाल एयरलाइन्से, नेपाल आइस मनोरन्जन पार्टनरका रुपमा रहेका छन । कार्यशालाहरू, प्रतियोगिता, केस स्टडीहरू, र इंटर्नशिपहरू ÷ लघु रोजगार मेलाहरू सञ्चालन गर्नका लागि बिभिन्न संस्थासँग सहकार्य गरिएको थियो ।

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२१

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...