CG Electronics
IME Life
Ncell NPL

आइपिओ भर्न सहज हुने गरि मेरो सेयरले यसरी बढाउदैछ आफ्नो क्षमता,अब ह्याङ्ग नहुने आयो यस्तो खबर

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । अनलाइन प्रणालीबाट आइपिओ भर्ने एक मात्र विकल्प ‘मेरो सेयर’ हो। हालसम्म आइपिओ भर्ने लगानीकर्ताको संख्या १८ लाख नाघिसकेको छ। जसमध्ये करिब आधा संख्याले खुलेको पहिलो र दाेस्राे दिन नै भर्ने गरेका छन्।

एकै पटक धेरै संख्याले आइपिओ भर्दा वेवसाइटमा समस्या आउने गरेको छ। त्यति मात्रै होइन दोस्रो बजारमा सेयर बिक्री गर्नेले मेरो सेयरमार्फत नै सेयर सेटलमेन्ट (इडिआइएस) गर्नुपर्छ। इडिआइएस प्रक्रिया पुरा भएपछि मात्रै सेयर हस्तान्तरण हुन्छ।

अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या करिब ५ लाख पुगेको छ।

सेयर हस्तान्तरण र आइपिओ भर्ने दुवै काम ‘मेरो सेयर’ मार्फत गरिन्छ। सो वेबसाइटमा एकै पटक धेरै ट्राफिक ‘लोड’ बढ्दा बारम्बार आइपिओ भर्न र इडिआइएस दुवैमा समस्या आउने गरेको छ।

यहीँ समस्यालाई मध्यनजर गर्दै हरेक शुक्रबार मात्रै आइपिओ खोल्ने र नतिजा पनि शुक्रबारै सार्वजनिक गरिदै आएको छ। शुक्रबार आइपिओ खुल्दा सर्वसाधारणले शनिबार पनि भर्न सक्छन्।

शुक्रबार र शनिबार सेयर बजार बन्द हुने भएकाले इडिआइएस र आइपिओको लोड एकै पटक नपरोस् भन्नका लागि यस्तो व्यवस्था गरिएको हो।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलमा अत्याधिक भार परेपछि यस्तो व्यवस्था गरेको हो।

यद्यपी यस्तो व्यवस्थाका बाबजुत पनि आइपिओ भर्न समस्या हुने गरेको छ। अर्कोतर्फ इडिआइएसमा पनि बारम्बार समस्या हुँदै आएको छ।

अब भने आइपिओ भर्न सहज हुनेगरी सिडिएस एण्ड क्यिलरिङले ‘मेरो सेयर’ लाई स्तरोन्नति गर्ने भएको छ।

मेरो सेयर स्तराेन्नति गरेपछि यसमा हुने ट्राफिक लोड केही व्यवस्थित हुने सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले भने।

उच्च क्षमताका २ नयाँ सर्भर लिएर जडान कार्य अघि बढाइएको आचार्यले जानकारी दिए।

नयाँ सर्भर जडान गरेपछि आइपिओ भर्नका लागि बेग्लै रूट र इडिआइएस गर्न अर्को रूट तयार हुने उनले बताए। हाल आइपिओको नतिजा हेर्नका लागि अर्को रूट संचालनमा ल्याइएको छ। आइपिओ र इडिआइएसका लागि भने त्यस्तो व्यवस्था छैन।

‘अहिलेकै वेभसाइटमा रहेका फङ्सनलाई नै व्यवस्थित गर्न लागिएको हो,’ आचार्यले भने, ‘यो कामपछि आइपिओका कारण सेयर सेटलमेन्टमा असर हुँदैन वा सेटलमेन्टका कारण आइपिओमा असर पर्दैन।’

यसअघिका सर्भर क्षमताले नधानेपछि थप दुई अत्याधुनिक सर्भर जडान गर्ने काम भइरहेको उनले बताए।

आचार्यका अनुसार केही दिनमै जडान कार्य पुरा हुनेछ। ‘जडानपछि केही समस्याहरु आउन सक्छ, यसै साता सर्भरमा कनेक्सन गरी संचालनमा ल्याउने हाम्रो लक्ष्य हो,’ उनले भने।

सम्भवतः रूरू जलविद्युत आयोजनाको आइपिओ भर्दा नै सर्वसाधारणलाई सहज हुने उनको भनाइ छ। यस आयोजनाको चैत २० गतेदेखि आइपिओ जारी हुँदैछ।

‘यदि सर्भरको क्षमताका कारण समस्या आएको हो भने जडान गर्नेवित्तिकै सर्वसाधारणलाई सहजता हुन्छ,’ उनले भने।

इन्टरनेटको ट्राफिक क्षमताका कारण पनि बेलाबेलामा समस्या आउने गरेको उनले बताए। ‘हामीले सर्भर जतिसुकै बढाए पनि इन्टरनेटको ट्राफिक समस्या पनि चुनौतिका रूपमा देखा परेको छ,’ आचार्यले भने।

एकै पटक सर्वसाधारण आइपिओ भर्न इन्टरनेटमा झुम्मिँदा त्यसको असर देखिने गरेको आचार्य बताउँछन्।

‘यहाँ उच्च गतिको इन्टरनेट छैन, इन्टरनेट सेवा प्रदायक पनि सर्भरमै भर पर्छन्,’ उनले भने।

आशा गरौं नयाँ आउँदै गरेका आइपिओबारे लाखौं लगानीकर्तालाई चासो छ। त्यस्तै, आइपिओ खुल्नेबित्तिकै सिडिएसको मेरोसेयर पोर्टलले काम नगर्ने समस्या झेलिरहेका लगानीकर्तालाई यसपटक भने सिडिएससीले दीर्घकालीन सोचका साथ उच्च क्षमताको प्राविधिक व्यवस्था गर्नेछ।

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२६

काठमाडौं । प्लास्टिक सर्जरीलाई नेपालमा अझै पनि धेरैले केवल सौन्दर्यसँग...

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२१

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...