CG Electronics
IME Life
Ncell NPL

लाइसेन्स लिन यसरी बनाइयो सजिलो, जेठदेखि ट्रायलमा ७० अंक ल्याए पास,यी हुन् थपिएका नयाँ व्यवस्था

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयको मातहतमा रहेको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र परिक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ जारी गरेको छ ।

लाइसेन्स लिनको लागि विभिन्न समस्या झेल्दै आएको सर्वसाधारणहरूको सहजताका लागि नयाँ परीक्षाको नयाँ मापदण्ड तयार गरेको हो ।

लामो समयदेखि अध्ययन गरेर पेश गरेको उक्त मापदण्ड मन्त्रालयले स्वीकृत गरेको विभागले जनाएको छ । विभागका प्रवक्ता लोकनाथ भुषालका अनुसार नयाँ निर्देशिका अनुसार दुईपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने बताए ।

उक्त व्यवस्था आगामी जेठ १ गतेबाट लागू हुने भएको छ । मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा (ट्रायल)मा कम्तीमा ७० अंक ल्याए पास हुने विभागले जनाएको छ ।

अहिले लाइसेन्सको प्रयोगात्मक परीक्षामा सानो गल्ती भए पनि फेल हुन्छ । साथै, पास हुनको लागि १०० पूर्णाङ्कै ल्याउनुपर्ने व्यवस्था रहेको छ । यसले गर्दा सर्वसाधारणले सँधै गुनासो गर्ने भएकाले विभागले सर्वसाधारणको सहजताको परीक्षाको लागि नयाँ निर्देशिका कार्यन्वयनमा ल्याएको विभागको भनाइ छ । आगामी जेठ १ गतेबाट ७० पूर्णाङ्क ल्याए पास हुने व्यवस्था लागू भएमा सबैलाई सहज हुने भुषालको दाबी छ ।

प्रश्नको संग्रह अगाडि नै प्रकाशन हुने

नयाँ निर्देशिका अनुसार विगतको जस्तै दुई चरणमा परीक्षा हुनेछ । जसमा लिखित र प्रयोगात्मक परीक्षा गरी सवारी चालक अनुमति पत्रको लागि लिइने परीक्षा दुई चरणमा लिइनेछ । लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थी मात्र प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउनेछन् ।

लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी १०० पूर्णाङ्क रहनेछ ।

साथै, ५/५ अङ्कमा जम्मा २० वटा वस्तुगत बहुउत्तर प्रश्नहरू सोधिनेछ । लिखित परीक्षा प्रयोजनाका लागि विभागले ५ सय वटा बहुउत्तर प्रश्नको संग्रह प्रकाशन गर्नेछ । सोही संग्रहबाट मात्र सम्बन्धित कार्यालयले लिखित परीक्षाको प्रश्नपत्र तयार गर्नुपर्नेछ ।

विभागले लिखित परक्षिाको समयवधि ३० मिनेटको हुनेछ । साथै, लिखित परीक्षामा न्यूनतम ८० अङ्क प्राप्त गर्ने परीक्षार्थी उत्तीर्ण हुनेछ । त्यस्तै सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा सञ्चालन गर्न सक्नेछ ।

त्यसैगरी, १) वर्ग ‘क’ मोटरसाइकल÷स्कुटर÷मोपेड वा वर्ग ‘ट’ स्कुटर÷मोपेडको अनुमतिपत्रको लागि हुने प्रयोगात्कम परीषामा अनुसूची १ अनुसारका चरणमा हुनेछन् । प्रयोगात्मक परीक्षाका लागि अनुसूची २ अनुसारको प्रयोगात्मक परीक्षा सञ्चालन स्थल हुनेछ ।

यस्तै वर्ग ‘ख’ कार/जिप/डेलिभरी भ्यानको चालक अनुमति पत्रको लागि हुने प्रयोगात्मक परीक्षामा अनुसुची ३ अनुसारका चरणमा हुनेछ ।

परीक्षा स्थलमा सीसीटिभी क्यामेरा जडान गर्नुपर्ने

विभागले जारी गरेको नयाँ निर्देशिका अनुसार निर्देशिका लागू भएको ६ महिनाभित्र सम्बन्धित कार्यालयले प्रयोगात्मक परीक्षा स्थलमा परीक्षाका सबै चरण तथा गतिविधिको भिडियो खिची ३० परीक्षा दिनको भिडियोको विद्युत्तीय अभिलेख रहने गरी सिसिटिभि क्यामेरा तथा आवश्यक हार्डवेयर तथा सफ्टवेयर प्रणाली जडान गर्नुपर्नेछ ।

साथै, उक्त निर्देशिकामा भएका प्रावधानमा आधारित रही परीक्षार्थीका गतिविधिहरूलाई भिडियो तथा इमेज प्रोसेसिङको आधारमा विश्लेषण गरी वा कृत्रिम बुद्धिमत्ता वा अन्य उपयुक्त कम्प्युटर प्रणालीबाट परीक्षार्थीको मूल्याङ्कन हुने गरी स्वचालित सवारी चालक परीक्षण स्थलको सञ्चालन गर्न सकिनेछ ।

आफ्नै साधनले ट्रायल दिन सक्ने

प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिने प्रयोजनको लागि आफै सवारी साधनको व्यवस्था गर्न सक्नेछ । जसमा परीक्षार्धी आफैले व्यवस्था गरेको वा परीक्षा स्थलमा कार्यालयले व्यवस्था गरेको सवारी साधन विभागले तोके अनुसारको हुनुपर्नेछ ।

विभागले तोकबमोजिम उक्त सवारी साधन पेट्रोलबाट चल्ने, इन्जिनको व्यवस्थापन आयत कम्तीमा ९५ सिसि भएको हुनुपर्नेछ ।

त्यस्तै, व्हील बेल कम्तीमा १२ सय मिलिमिटर, मोटरसाइकलको हकमा म्यानुअल ट्रान्समिसन प्रणाली भएको, सवारी हिल होल्ड, हिल एसीस्ट वा समान प्रकृतिको प्रणाली जडान नभएको, सवारी दर्ता प्रमाणपत्र अध्यावधिक भएको र बहाल अवधि बाँकी रहेको तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ ।

कार, जिप वा भ्यानको प्रयोगात्मक परीक्षाको लागि पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने, इन्जिनको विस्थापन आयतन कम्तीमा ७५० सीसी भएको हुनुपर्नेछ । साथै, म्यानुअल ट्रान्समिसान प्रणाली भएको विभागले जनाएको छ ।

विभागका अनुसार वर्ग ‘क’ वा वर्ग ‘ट’ को लागि लिइने प्रयोगात्मक परीक्षाका पहिलो चरणमा घुमाउरो आठ परीक्षण हुनेछ ।

त्यसैगरी क्रमशः साँघुरो फलेक, घुम्ती परीक्षण, ट्राफिकसंकेत परीक्षण, उबड खाबड परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण रहेको छ ।

विभिन्न चरणको छुट्टाछुट्टै अंकभार

विभागले परीक्षर्थीको लािग विभिन्न चरणको छुट्टाछुट्टै अंकभार निर्धारण गरेको छ । विभागले घुमाउरो आठको अंकभार २० राखेको छ । जसमा घुमाउरो आठको एक पटकसम्म रेखा छोएमा ५ र एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ गरी १० अंक घट्नेछ ।

घुमाउरो आठमा एक पटकभन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा फेल भएको अनुत्तीर्ण घोषणा गरिनेछ ।

त्यस्तै, साँघुरो फलेकको अंकभार १० रहेको छ । यसमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नु अगावै सवारी फलेकबाट बाहिर निस्केमा फेल हुनेछ ।

यु–टर्नको अंकभार १० रहेको तोकेको छ । जसमा टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ भने यु-टर्नमा अंकित रेखा छोएमा पनि फेल हुने विभागलेका उल्लेख छ ।

त्यसैगरी ट्राफिक संकेतको अंकभार १५ रहेकोमा ट्राफिक संकेतकोे पालना नगरे १५ नम्बर नै काटिने विभागले जनाएको छ ।

बम्प्सको अंकभार १५ रहेकोमा एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एक पटकसम्म सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ । बम्प्समा एक पटकभन्दा बढी भुइँमा टेकेमा वा एक पटकभन्दा बढी सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ ।

अंकभार २० रहेको छ । त्यसमा कुनै गल्ती भएमा फेल हुनेछ । उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा फेल हुनेछ ।

रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुनेछ ।

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरुको सामान्य निरीक्षण नगरेमा ३ अंक घट्नेछ ।

हेलमेट लक नलगाई सवारी चलाएमा ४ अंक र अस्वाभाविक गतिमा वा असंयमितरुपमा सवारी चलाएमा ३ अंक घट्नेछ विभागको निर्देशिकामा उल्लेख छ ।

आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र...

वि.सं.२०८३ वैशाख २१ सोमवार ०९:४०

काठमाडौं । मन्त्रिपरिषद बैठक आज साढे १० बजे बोलाइएको छ...

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख २१ सोमवार ०९:३६

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख २१ सोमवार ०९:३३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:०७

  काठमाडौं । निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स...

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा :...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक...

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने त्यो स्वच्छन्दता हो : डा.कुमार शर्मा आचार्य

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३९

काठमाडौं । विश्वभर प्रत्येक वर्ष मे ३ तारिखमा मनाइने विश्व...