CG Electronics
IME Life
Ncell NPL

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने त्यो स्वच्छन्दता हो : डा.कुमार शर्मा आचार्य

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । विश्वभर प्रत्येक वर्ष मे ३ तारिखमा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदैछ । प्रेस स्वतन्त्रताको महत्त्वलाई स्मरण गर्ने, पत्रकारहरूको योगदानलाई सम्मान गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने उद्देश्यले मनाइने यो दिवसको सान्दर्भिकता बढ्दो छ ।

यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस विशेष रूपमा डिजिटल युगमा पत्रकारिताको परिवर्तन, सामाजिक सञ्जालको प्रभाव, र सूचना प्रवाहको तीव्र गतिसँग सम्बन्धित चुनौतीहरूमा केन्द्रित छ ।

परम्परागत मिडियाबाट डिजिटल प्लेटफर्मसम्म विस्तार भएको पत्रकारिताले सूचना पहुँचलाई सहज बनाएको छ, तर त्यससँगै गलत सूचना, सनसनीपूर्ण सामग्री र आचारसंहिता उल्लंघनका चुनौतीहरू पनि बढेका छन् ।

यसै सिलसिलामा नेपाल न्यूज बैंकले प्रेस काउन्सिल नेपालमा अध्यक्षको जिम्मेवारी सम्हालेका बखत डा. कुमार शर्मा आचार्यसँग गरेको कुराकानीमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था सन्तोषजनक रहेको प्रतिक्रिया प्राप्त भएको छ । राष्ट्रपतिले शनिवार जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’मा काउन्सिलको अध्यक्ष एवम पदाधिकारीहरु पदमुक्त हुने उल्लेख छ ।

उनले नेपाली मिडियाले समाजमा सकारात्मक प्रभाव पार्ने काम गरिरहेको उल्लेख गर्दै पत्रकारिताको गुणस्तर पनि क्रमशः सुधार हुँदै गएको बताए । आचार्यका अनुसार अहिले मिडियाको संख्या उल्लेखनीय रूपमा बढेको र आचारसंहिता उल्लंघनका घटनाहरू पनि बढेको देखिएको छ ।

उनले भने,‘आम मिडियाको अवस्था सन्तोषजनक छ । राम्रो काम गरिराख्नु भएको छ । पत्रकारहरुले समाजमा परिवर्तन गर्ने किसिमका समाचार ल्याउनुपर्ने हो, त्यसमा सकारात्मक देखिन्छ । अधिकांश संचारकर्मीहरुले राम्रो काम गरिराख्नु भएको छ । तर आचारसंहिताको उल्लंघनको अवस्था हेर्ने हो भने विगतको भन्दा बढेको छ,’ उनले अगाडि भने,‘पहिले पहिले मिडिया पनि कम थिए, अहिले संख्या पनि बढेको छ । संख्या बढिसकेपछि स्वभाविक रुपमा आचारसंहिता उल्लघंनका घट्ना बढ्नु स्वभाविक नै हो । तर क्वालिटी अफ जर्नलिज्मको जुन छ त्यसको अवस्था चाहीं सन्तोषजनक छ भन्ने लाग्छ ।’

उजुरी प्रक्रियाबारे स्पष्ट पार्दै भने, ‘कुनै समाचार प्रकाशन भएपछि त्यसले सम्बन्धित व्यक्ति वा संस्थामा सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्छ । यदि समाचारले कसैको प्रतिष्ठामा असर पु¥याएको महसुस भयो भने उनीहरूले काउन्सिलमा उजुरी दिने गर्छन् ।’

त्यसपछि काउन्सिलले समाचारको तथ्य, प्रस्तुतीको शैली तथा सम्बन्धित पक्षको खण्डनलाई अध्ययन गरेर निष्कर्ष निकाल्ने काम गर्छ । यदि मिडियाले खण्डनलाई स्थान दिन अस्वीकार गर्छ भने त्यसको कारण मागिने र आवश्यक परे कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए ।

आचार्यले पत्रकारितामा ‘एंगल’को महत्त्व उल्लेख गर्दै एउटै तथ्यलाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्न सकिने बताए । उनका अनुसार सकारात्मक कोणबाट प्रस्तुत गरिएको समाचारले समाजमा सकारात्मक सन्देश दिन सक्छ भने नकारात्मक कोणले विवाद र उजुरी बढाउन सक्छ । ‘कुनैपनि विषयलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा महत्वपूर्ण हो,’ उनले भने ।

वर्तमान मिडिया परिदृश्यबारे चर्चा गर्दै उनले परम्परागत (मेनस्ट्रीम) मिडियाको प्रभाव घट्दै गएको र नयाँ मिडियाको प्रभाव बढेको बताए ।

सामाजिक सञ्जाल, युट्युब लगायत डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगले दर्शक तथा पाठकको ध्यान त्यता आकर्षित भएको उनले बताए । यसले गर्दा केही मिडियाहरूले सनसनीपूर्ण सामग्री उत्पादन गरेर दर्शक बढाउने प्रयास गर्ने गरेको र त्यस क्रममा आचारसंहिता उल्लंघनका घटनाहरू बढेको उनले बताए ।

उनले भने, ‘अहिलेको ट्रेन्ड हेर्दा सनसनीपूर्ण सामग्रीतर्फ आकर्षण बढेको छ । यस्तो सामग्रीले छिटो ध्यान तान्छ, तर यसले व्यक्ति वा संस्थाको प्रतिष्ठामा असर पु¥याउने जोखिम पनि बढी हुन्छ । यस्तो प्रवृत्तिले उजुरीको प्रकृतिमा पनि परिवर्तन ल्याएको छ ।’
छापा मिडियाको अवस्थाबारे बोल्दै आचार्यले राज्यले विभिन्न तरिकाले संरक्षण गर्ने प्रयास गरिरहेको बताए ।

वर्गीकरण, लोककल्याणकारी विज्ञापन तथा पुरस्कारमार्फत प्रोत्साहन दिइए पनि पाठकको बानी परिवर्तनका कारण चुनौती बढेको उनले बताए । यद्यपि, धेरै मिडियाले डिजिटल प्लेटफर्ममा रुपान्तरण गरेर आफूलाई समयअनुकूल बनाएको र यसले उनीहरूको अस्तित्व जोगाउन मद्दत गरेको उल्लेख गरे ।

‘छापा माध्यमलाई राज्यले प्रोटेक्सनका लागि वा मूलधारका मिडियाको प्रोटेक्सनका लागि वर्गीकरण गरेको छ । विज्ञापन दिएको छ अर्थात लोक कल्याणकारी विज्ञापन उपलब्ध गराएको छ । अन्य सरकारी विज्ञापन अहिले रोकिएको छ,’ उनले भने‘हामीले मेनस्ट्रिम मिडियाहरु जोगाउने कोसिस गरिरहेका छौं । पढ्ने भन्दा युट्युबलगायतका सोसल मिडियामार्फत सूचना लिनेक्रम बढेको छ । तर हामीले पत्रिका पढ वा ग्राहक बन्नुहोस भनेर भन्न सक्ने अवस्था छैन् । जसले पत्रिका निकालिरहनु भएको छ उहाँहरुले बुझ्नुभएको छ र डिजिटलतर्फ गइसक्नुभएको छ ।’

अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सन्दर्भमा उनले दुवै अधिकारसँग जिम्मेवारी पनि जोडिएको स्पष्ट पारे।
‘स्वतन्त्रता त्यतिसम्म हो जहाँसम्म अरूको अधिकारमा हस्तक्षेप हुँदैन,’ उनले भने । यदि स्वतन्त्रताको प्रयोगले अरूलाई क्षति पु¥याउँछ भने त्यसलाई स्वतन्त्रता नभई स्वच्छन्दता मानिने उनले बताए ।

उनले नेपालमा प्रेस स्वतन्त्रता संविधान र कानुनद्वारा सुनिश्चित भएको उल्लेख गर्दै नेपालको संविधानले यसलाई ग्यारेन्टी गरेको बताए । साथै काउन्सिलले पनि पत्रकारको अधिकार संरक्षण गर्न निरन्तर काम गरिरहेको उनले बताए ।

पत्रकारको सुरक्षाबारे बोल्दै उनले कुनै समाचारका कारण विवाद उत्पन्न भएपनि पत्रकारले प्रत्यक्ष भिडन्तमा जान नहुने सुझाव दिए । ‘पत्रकारको काम तथ्य प्रस्तुत गर्ने हो, विवादमा जानु होइन,’ उनले भने । यदि पत्रकारमाथि आक्रमण भए राज्यले सुरक्षा दिनुपर्ने उनको धारणा छ ।

मिडिया र गैर–मिडिया (नयाँ मिडिया) बीचको फरकबारे स्पष्ट पार्दै उनले दर्ता भएका मिडियालाई काउन्सिलले आचारसंहिताअनुसार नियमन गर्ने तर दर्ता नभएका प्लेटफर्मलाई कानुनी रूपमा साइबर अपराध अन्तर्गत कारबाही हुन सक्ने धारणा राखे ।
‘मिडियाको रूपमा दर्ता नभई सामग्री उत्पादन गर्दा कानुनी जोखिम हुन्छ,’उनले चेतावनी दिए ।

आचारसंहिताको पालना प्रेस स्वतन्त्रताको आधार भएको उल्लेख गर्दै उनले पत्रकारहरूलाई त्यसको पूर्ण पालना गर्न आग्रह गरे । उनका अनुसार आचारसंहिता कुनै बन्देज नभई पत्रकारको संरक्षणका लागि बनेको हो ।

उनले भने ,‘आचारसंहिता पालन गर्दा पत्रकारलाई साइबर अपराधजस्ता गम्भीर कारबाहीबाट जोगाउन सकिन्छ ।’
उनका अनुसार नेपालमा प्रेस स्वतन्त्रता कानुनी रूपमा बलियो छ, तर यसको दीर्घकालीन संरक्षणका लागि पत्रकारले स्वयं आचारसंहिता पालना गर्नुपर्ने, राज्यले सुरक्षा सुनिश्चित गर्नुपर्ने र समाजले सूचनाको सही मूल्य बुझ्नुपर्ने आवश्यकता छ ।
‘अधिकारसँगै कर्तव्य पनि समान रूपमा पालन भयो भने मात्र प्रेस स्वतन्त्रता सुदृढ रहन्छ,’ उनले भने । प्रेस स्वतन्त्रता दिवसको अवसरमा उनले सम्पूर्ण मिडियाकर्मीलाई शुभकामना दिँदै जिम्मेवार पत्रकारितामा जोड दिए ।

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:०७

  काठमाडौं । निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स...

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा :...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक...

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३३

काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले...

चित्र लेखनमार्फत विविध अपाङ्ग भएका व्यक्तिहरुमाथि जलवायू परिवर्तनले पार्ने प्रभाव र सचेतना कार्यक्रम

चित्र लेखनमार्फत विविध अपाङ्ग भएका व्यक्तिहरुमाथि जलवायू...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:१६

  काठमाडौं । नेपाल आदिवासी अपाङ्ग महिला संघ (निडवान)को आयोजनामा...

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२६

काठमाडौं । प्लास्टिक सर्जरीलाई नेपालमा अझै पनि धेरैले केवल सौन्दर्यसँग...

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२१

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने...