IME Life
NIMB

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले विश्वकै प्रतिष्ठित तथा विश्वसनीय घरेलु उपकरण ब्रान्ड व्हर्लपुलसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ ।

यस महत्वपूर्ण सहकार्यसँगै स्मार्ट अप्लायन्सेस प्रा. लि. नेपालका प्रदेश ५, ६ र ७ मा व्हर्लपुलका घरेलु उपकरणहरूको एकमात्र आधिकारिक वितरक नियुक्त भएको छ।

यो साझेदारी स्मार्ट अप्लायन्सेसका लागि नेपालको घरेलु उपकरण तथा उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने महत्वपूर्ण उपलब्धि हो।

व्हर्लपुलको विश्वव्यापी नवप्रवर्तन, गुणस्तर र उपभोक्ताको विश्वासलाई स्मार्ट अप्लायन्सेसको बलियो वितरण सञ्जाल र डिलर नेटवर्कसँग जोड्दै यी प्रदेशहरूमा विश्वस्तरीय उत्पादन सहज रूपमा उपभोक्तासम्म पुर्‍याइने विश्वास गरिएको छ।

यस अवसरमा स्मार्ट अप्लायन्सेसले “स्मार्ट अप्लायन्सेस र व्हर्लपुल पार्टनर कनेक्ट २०२६” नामक भव्य डिलर मिट आयोजना गरेको थियो। कार्यक्रममा नयाँ तथा पुराना डिलर साझेदारहरूसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै क्षेत्रीय विकासको स्पष्ट योजना पनि प्रस्तुत गरिएको थियो।

कम्पनीका अनुसार यो साझेदारी केवल वितरण विस्तारमा सीमित नभई नेपालको घरेलु उपकरण बजारमा नयाँ युगको सुरुवात हो।

स्मार्ट अप्लायन्सेसले आफ्ना डिलर साझेदारलाई सशक्त बनाउँदै दीगो व्यापारिक वृद्धि र उपभोक्तालाई भरपर्दो, आधुनिक तथा उत्कृष्ट घरेलु उपकरण समाधान उपलब्ध गराउने प्रतिबद्धता निरन्तर अगाडि बढाउने जनाएको छ।

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...