IME Life
NIMB

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु अब अफलाइन बजारमा पनि प्रवेश गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो पहिलो भौतिक स्टोर काठमाडौंको तीनकुनेमा वैशाख २१ गते भव्य उद्घाटन गर्दैछ ।

हालसम्म देशभर अनलाइन सेवा प्रदान गर्दै आएको मोबाइलमान्डुले ग्राहकलाई प्रत्यक्ष रूपमा उत्पादन अनुभव गराउने उद्देश्यले फिजिकल आउटलेट सुरु गर्न लागेको हो। कम्पनीका अनुसार यो कदम ‘टेक अनुभवलाई नजिक ल्याउने’ रणनीतिअन्तर्गत उठाइएको हो।

उद्घाटनलाई विशेष बनाउन विभिन्न अफरहरू सार्वजनिक गरिएको छ। कार्यक्रममा ब्ल्याक शार्क गेमिङ ट्याबलेट सार्वजनिक गरिनेछ भने गेमिङ एक्सेसोरीहरूमा ४० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ।

त्यसैगरी, बालबालिकासम्बन्धी उत्पादनहरूमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले निःशुल्क उपहार प्राप्त गर्नेछन् भने पुरानो फोन साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि रहनेछ।

ग्राहक सहभागिता बढाउन ‘स्पिन द ह्वील’ अफर ल्याइएको छ, जसअन्तर्गत २५०० रुपैयाँभन्दा माथिको खरिदमा विभिन्न उपहार जित्ने अवसर हुनेछ। साथै, आउटलेटभित्र फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने ग्राहकहरूले १० हजार रुपैयाँसम्मका उत्पादन जित्न सक्नेछन्।

उद्घाटनकै दिन विशेष अफरअन्तर्गत इयरबड्स तथा इयरक्लिप्स ५०० रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ।

मोबाइलमान्डुले आगामी दिनमा अफलाइन विस्तारलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ। कम्पनीका अनुसार उद्घाटनसँग सम्बन्धित अफरहरू वैशाख २१ देखि २७ गतेसम्म लागू रहनेछन्।

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:४७

  अपडेटेड एट्टो १, न्यु एट्टो २ एसेन्सियल र २०२६...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:०९

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा...

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५४

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु एन लाइन, मूल्य ४८ लाख ९६ हजारदेखि

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:१२

  काठमाडौं । ह्युन्डाईले नेपाली बजारमा नयाँ भेन्यु र यसको...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...