CG Electronics
IME Life
Ncell NPL

अत्यावश्यक बैंकिङ्ग सेवाको लागि एनआईसी एशिया बैंकले बनायो ‘एकिकृत हेल्प डेक्स’,कसलाई कहाँ सम्पर्क गर्ने ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं ।देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी भएसँगै एनआईसी एशिया बैंकले ग्राहकलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउनका लागि ‘एकिकृत हेल्प डेक्स’ सेवा सञ्चालन गरेको छ । यस असहज परिस्थितीमा ग्राहकहरूलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको जनाएको छ । बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल÷इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा आई सर्भिस) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्नेछन् ।

उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहकहरूले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथासिघ्र समाधान पाउन सक्नेछन् । यसका लागि बैंकको टोल फ्रि नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सकिन्छ र त्यहाँ उपलब्ध आईभीआर पद्धतिद्वारा ग्राहकहरूले बैंकका विभिन्न शाखाका अधिकारीसँग कुरा गर्न सक्नेछन् । यस जोखिमका बेला बैंकका सेवा सम्बन्धी जानकारी लिन यो सेवा प्रभावकारी हुने विश्वास लिएको बैंकले जनाएको छ । केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने कुरालाई मध्यजनर राख्दै बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको उच्च ओहोदाका कर्मचारीहरुलाई नै अग्रपंतिमा उभिएर ग्राहक सेवामा सहयोग गर्न निर्देशन दिएको छ ।

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२६

काठमाडौं । प्लास्टिक सर्जरीलाई नेपालमा अझै पनि धेरैले केवल सौन्दर्यसँग...

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२१

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...