CG Electronics
IME Life
Ncell NPL

सीईडीबी हाइड्रोपावरको आईपीओ भोलिदेखि निष्काशन हुने, कसले कति कसरी पाउँछन् ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि वैशाख १७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । सो मध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।

यस कम्पनीको लगानी रहेको लमजुङमा ४।४० मेगावाटको राधी विद्युत कम्पनी र ०।१८ मेगावाटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका २ मा ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आ।ब। मा प्रति शेयर आम्दानी १३र५ र प्रति शेयर खुद सम्पत्ति १३८।७९ रहेको छ । कम्पनीले आ।व। २०७५÷०७६ मा १०।५४ प्रतिशत र २०७६÷०७७ मा ७।३७ प्रतिशत नगद लाभाँश बितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आ।ब। मा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ ।

साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता १०० अंकित दरको २५,१८,२३० कित्ता साधारण शेयर मिति २०७८ वैशाख १७ गतेदेखि निष्काशन हुने हुँदा इच्छुक लगानीकर्ताले मिति २०७८ वैशाख १७ गतेदेखि सि—आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइनबाट साधारण सेयरमा लगानीका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ ।
ब्ब

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२६

काठमाडौं । प्लास्टिक सर्जरीलाई नेपालमा अझै पनि धेरैले केवल सौन्दर्यसँग...

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२१

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...