CG Electronics
IME Life
Ncell NPL

बैंकहरुको प्रतिफल दिने क्षमता बढे संगै सेयर मूल्य पनि बढ्यो, कुन बैंकको कति पुग्यो ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  कोरोना कहरबीच पनि बैंकहरुको प्रतिसेयर आम्दानी (इपीएस) औषतमा बढेको छ ।
गत असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकको इपीएस १.३९ रुपैयाँले बढेको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको इपीएस गत असार मसान्तमा औषतमा १९ रुपैयाँ ६६ पैसा थियो । जुन ९ महिनामा बढेर २१ रुपैयाँ पुगेको छ ।

सो अवधिमा १८ वटा बैंकको इपीएस ४७ पैसादेखि १३ रुपैयाँ २१ पैसाासम्मले बढेको छ भने ९ वटा बैंकको इपीएस ९५ पैसादेखि ११ रुपैयाँ ०७ पैसासम्मले घटेको छ ।

२०७७ असार मसान्तमा कायम रहेको इपीएसमा २०७७ चैत मसान्तमा सबैभन्दा बढी इपीएस प्रभु बैंक १३ रुपैयाँ २१ पैसाले बढेको छ भने सबैभन्दा कम सबैभन्दा कम नबिल बैंकको ४७ पैसाले इपीएस बढेको छ ।

त्यसैगरी इपीएस घट्नेमा सबैभन्दा धेरै हिमालयन बैंक ११ रुपैयाँ ०७ पैसा र सबैभन्दा कम बैंक अफ काठमाण्डूको इपीएस ९५ पैसाले घटेको छ ।

चैत मसान्तमा कायम गरेको इपीएसमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको ४७ रुपैयाँ ४७ पैसा र सबैभन्दा थोरै सेञ्चुरी बैंकको ५ रुपैयाँ २९ पैसा रहेको छ ।

बैंकहरुद्वारा सार्वजनिक चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार सो अवधिमा ३ वटा बैंकको इपीएस ३० रुपैयाँदेखि ४८ रुपैयाँसम्म छ भने ११ वटा बैंकको इपीएस २० रुपैयाँभन्दा बढी छ ।

साथै, सो अवधिमा ११ वटा बैंकको इपीएस १० रुपैयाँभन्दा बढी र २० रुपैयाँभन्दा कम, २ वटा बैंकको ६ रुपैयाँभन्दा थोरै प्रतिसेयर आम्दानी रहेको छ ।

प्रतिसेयर आम्दानी भनेको के हो ?
करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो लगानीकर्तालाई प्रतिफल दिने आधार पनि हो ।

यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकका रुपमा लिइन्छ । प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ ।

जस्तै, कुनै कम्पनीको एक वर्षको आम्दानी १ हजार रुपैयाँ छ र कम्पनीको सेयर संख्या १ सय छ भने कम्पनीको एक कित्ता सेयर बराबरको आम्दानी भनेको १० रुपैयाँ हुन आउँछ । उक्त आम्दानीमा पनि कम्पनीले निश्चित रकम जगेडा कोषमा राख्छन् । त्यसैले प्रतिसेयर आम्दानी जति धेरै भयो, त्यति नै राम्रो मानिन्छ ।

बैंकहरुको प्रतिसेयर आम्दानी थोरै हुँदा प्रतिसेयर मूल्य बढी
कुनैपनि कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ र त्यो कम्पनीको प्रतिसेयर आम्दानी कति छ हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।

लगानी गरिने कम्पनीको प्रतिसेयर आम्दानीको मूल्यांकन नै नगरी लगानी उचित प्रतिफल पाइदैँन । कम्पनीको मूल्यांकन नै नगरी लगानीकर्ताले सेयरमा लगानी गर्दा थोरै प्रतिसेयर आम्दानी भएका कम्पनीहरुको समेत बजारमा धेरै मूल्य पुगिसकेको छ । यसले गर्दा लगानीकर्ताले लगानी अनुसारको प्रतिफल नपाउने जानकारहरु बताउँछन् ।

पछिल्लो समय थोरै प्रतिसेयर आम्दानी भएका बैंकहरुको समेत सेयर मूल्य भने उच्च रहेको छ ।
०७८ बैशाख १६ गतेसम्मको प्राप्त तथ्यांक अनुसार सो समयमा सबैभन्दा बढी सेयर मूल्य नबिल बैंकको छ । जबकी बैंकको प्रतिसेयर आम्दानी भने ०७७ चैत मसान्तसम्म ३७ रुपैयाँ ६३ पैसा छ ।

चैत मसान्तसम्म सबैभन्दा थोरै प्रतिसेयर आम्दानी ५ रुपैयाँ २९ पैसा रहेको सेञ्चुरी बैंकको समेत प्रतिसेयर मूल्य २ सय ३३ रुपैयाँ कायम छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको बिग मर्जरको नीति लिएपछि पछिल्लो समय बजारमा मर्जरको चर्चा चुलिएको छ । कमजोर वित्तीय अवक्षा र लगानीको प्रतिफल दिने क्षमता कम भएका बैंकहरुको मर्जर बलियो बैंकसँग चल्दा हल्लाको पछि लाग्ने लगानीकर्ता सेयर खरिद चाप बढाएर मूल्य बढाएको जानकारहरु बताउँछन् ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...