CG Electronics
IME Life
Ncell NPL

पत्रकार महासंघ उपत्यका प्रदेश जुर्मुरायो,दश लाखको कोष बनाउन क-कसले कति रकम जम्मा गरे ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले स्थापना गरेको ‘उपत्यका प्रदेश कोभिड राहत कोष’मा रकम जम्मा हुन थालेको छ ।
कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय गर्न सो राहत कोष बनाइएको थियो ।
कोषमा हालसम्म रु १ लाख १८ हजार रुपैयाँ जम्मा भएको महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष तथा राहत कोषका संयोजक अर्जुन पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोषमा अध्यक्ष श्रीजन झाले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ भने उपाध्यक्ष वीरबहादुर लामाले १० हजार, महसचिब टेनिस रोकाले ५ हजार सचिव रोशनराज पाण्डेले १० हजार सहयोग गर्नुभएको छ । कोषाध्यक्ष तथा कोषका संयोजक पन्तले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै कार्यसमिती सदस्य अर्जुन बहादुर तामाङले ५ हजार सहयोग गर्नुभएको छ ।
यसैगरी कोषमा काठमाडौ अध्यक्ष सूर्य सुवेदीले १० हजार र केटीएम दैनिकी सम्पादक निशा ओलीले ५ हजार रुपैयाँका साथै काठमाडौ कार्यसमिति सदस्य शैलेश डगोलले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रदेश समितिको बैठकको निर्णयअनुसार कोषमा जम्मा हुने रकम मापदण्ड बनाएर संक्रमण भइ अस्पताल भर्ना भएका कोभिड संक्रमित श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराइने संयोजक अर्जुन पन्तले बताउनु भयो । अध्यक्ष झाका अनुसार कोषमा दश लाख जम्मा गरिनेछ।

महामारीमा फ्रन्टलाइनमा रहेर कार्यसम्पदन गर्ने पत्रकारहरुको हकमा राज्यले कुनै पनि कार्यक्रम दिन सकेको नसकेकाले संस्थाको तर्फबाट यो पहल थालिएको बताउँदै उहाँले यो अभियानमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...