CG Electronics
IME Life
Ncell NPL

निफको चौथो संस्करण शुरु , अनुराग कश्यपले सुनाए यस्तो अनुभव

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजबाट शुरु भएको छ ।

नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मी माझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कलासंस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने निफको उदेश्य रहेको निफको जुम मार्फत कार्यक्रमको उद्घाटनसत्र सम्पन्न भएको छ ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान तथा यस निफका अध्यक्ष केपी पाठकको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालले फील्म महोत्सवले बिभिन्नि देशबिच आत्मिय सम्बन्ध राख्न सहयोग पुग्ने बिश्वास ब्यक्तगरेका छन । अवको फिल्म बजारलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रियकरण गर्न निफ जस्ता महोत्सवले महत्वपूणर् भूमिका खेल्न सक्ने बताए ।

अव स्टोरी बैंक मार्फत नेपाली चलचित्रलाई बिश्वसामु लौजान आवश्यक गृहकार्य समेत भैरहेको दाहालले बताए ।

कोरोना महामारीको बिचमा यो चलचित्र महोत्सवको बिभिन्न प्यानलहरुमा गहन छलफल गरी नेपाली चलचित्र बजार र समाज बारे ठोस निचोड एवं निष्कर्श निकाल्न आग्रह समेत उनले गरेका छन ।

कार्यक्रमका बिशेष अतिथिका रुपमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फँुयालले निर्फ जस्ता अन्र्तराष्ट्रिय चलचित्र महत्सवहरुले चलचित्रको माध्यामबाट नेपाली कला संस्कृति र पर्यटनलाई बिश्वसामु प्रचार गर्ने र देश भित्र पनि धेरै रोजगारीको श्रृजना गरेको हुँदा यो श्रेत्रलाई सरकारी योजना भित्र पार्न सक्दो पहल गर्न प्रतिबद्धता ब्यक्तगरेका छन ।

यसै बिच बरिष्ठ चलचित्रकर्मी निर शाहले बिगतदेखी संचालित निफको कार्यक्रमलाई नजीकैबाट निहाल्दै छोटो समयमा प्रशंशायोग्य गतिबिधिहरु संचालन गर्दे आएको र यसको निरन्तरताका लागि सरकार र सरोकारवालाहरुले बिशेष सहयोग गर्ने पर्ने बताए ।

सीनेमालाई अत्यन्तै नजीकबाट समाजसंग जोड्न निफको महत्वपूणर् भूमिका रहेको बताउदै संगीत साहीत्य र सिनेमाको अध्यन महत्वपूणर् रहेको हुँदा यो समाजको एैनाको रुपमा स्थापित भएको पनि शाहले बताए ।

कार्यक्रममा अर्को अतिथि अन्तराष्ट्रिय फील्म सोसाइटी फेडरेशनका अध्यक्ष पोर्चुगलका ज्वाओ पाउलो मसेदोले निफको अगिल्लो कार्यक्रममा आफु जुरी रहेको हुँदा नेपाली चलचित्रहरु आफूले नजीकैबाट बुझेको बताए ।

नेपाली चलचित्रका सफल निर्देशक तथा निफको फिचर फिल्म प्रतिष्पर्धाको प्रमुख निणर्ायक रहेका तुलसी घिमिरेले निफको कार्यक्रमहरु फलदायी र समयसान्र्दर्भीक रहेको बताउदै समग्र चलचित्र श्रेत्रको बिकाश र बिस्तारको लागी यसको भूमिका अतुलनीय रहेको बताए । साथौ बृतचित्र र लघु चलचित्र प्रतिष्पर्धाकी प्रमुख निणर्ायक भारतकी फजीया फतीमा चलचित्र बिकाश बोर्डका सदस्य सचिव महेन्द्र शाखी चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला लगतयतका बक्ताहरुले निफको भूमिकाको प्रशंसा गर्दे निरन्तरताको लागी आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

भर्चुअल संस्करणमा भारतीय चलचित्र क्षेत्रका लेखकनिर्माताअभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाएका छन ।

आफु पटक पटक नेपाल आएको र नेपालका हिम श्रृंखलाहरुबाट प्रभावित भई सुटिङ्गको योजना समेत रहेको बताए ।

नेपालका मनोरम दृश्य नेपालीकथा बिश्व बजारले समेत उत्साहाका साथ हेरीरहेको सुनाउदै आफु लण्डनमा रहेकोबेला डिभिडिबाट नेपाली चलचित्र हेर्नेगरेको र पछिल्लो समय कालोपोथी र सेतो सूर्य हेरेका प्रसङ्ग उल्लेख गरे ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

अध्यादेशको उद्देश्य स्पष्ट नभएसम्म विरोध स्वाभाविकः सभापति लामिछाने

अध्यादेशको उद्देश्य स्पष्ट नभएसम्म विरोध स्वाभाविकः सभापति...

वि.सं.२०८३ वैशाख १६ बुधवार २०:२७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू

मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु,...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५२

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...