सबै कर्मचारी यस्तै भइदिए !
Friday May 07, 2021
वि.सं.२०७८ वैशाख २४ शुक्रवार १२:२२

काठमाडौं । कोभिड-१९ को दोस्रो भेरियन्टको प्रकोपमा संसारका थुप्रै देशसँगै नेपाल पनि छ । यतिबेला व्यक्तिगत स्वास्थ्य सतर्कता जति जरुरी छ, सरोकारवालाहरुको गम्भीरता पनि उत्तिकै आवश्यक छ । जनताको स्वास्थ्य आफ्नो स्वास्थ्य र स्वार्थभन्दा माथि ठान्ने राष्ट्र सेवक कर्मचारीहरुले यो महामारीको बेलामा पनि उदाहरणीय काम गरिरहेको उदाहरण हेर्न अन्त कतै जानै पर्दैन, स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति तथा व्यवस्थापन महाशाखाका स्टोर शाखा प्रमुख केदार उप्रेतीको काम गराइलाई हेरे पुग्छ ।
ती स्टोर शाखा प्रमुख केदार उप्रेती तिनै व्यक्ति हुन्, जसले कोरोना भाइरस (कोभिड-१९) को पहिलो लहरका बेला नेपाल सरकारले लगाएको लकडाउनको अवस्थामा बजारमा मास्क र फेस शील्डको अभाव हुँदा आफैं रातभरी कार्यालयमा बसेर फेस शील्ड बनाएर वितरणा गरे, मास्कको अभावलाई पूर्र्ति गर्न हरदम प्रयास गरिरहे भने अहिले पनि त्यो किसिमको स्वास्थ्य उपकरणको अभाव हुन नदिन उनी प्रयासरत रहेको देखिन्छ । मूल्यभन्दा गुणस्तरीय सामान उप्रेतीको रोजाइमा पर्छ भन्ने कुरा आपूर्ति तथा व्यवस्थापन महाशाखाले अहिले वितरण गरिरहेको थ्री लेयर्सको मेडिकल मास्क, फाइभ लेयर्सको केएन-९५ मास्क, स्यानिटाईजर लगायतका सामग्रीका उपयोगकर्ताले सहजै अनुमान लगाउन सक्छन् ।
जागीर अविध थोरै समय बाँकी रहेका कर्मचारीहरु यो महामारीको बेलामा घरमा आराम गरिरकेका होलान्, तर जीवनका महत्वपूर्ण समय सरकारी सेवामा बिताएर अवकास हुन १०-११ महिना बाँकी रहेका स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति तथा व्यवस्थापन महाशाखाका स्टोर शाखा प्रमुख केदार उप्रेती अहिले पनि कसरी स्वास्थ्य सामग्री, त्यो पनि गुणस्तरीय सहज आपूर्ति गर्न सकिन्छ भनेर चिन्तनशील रहेका भेटिन्छन् । कुनै पनि काम नियमसंगत गर्नुपर्छ, वैधानिक हुनुपर्छ र मितव्ययिता अपनाउनुपर्छ भन्ने उप्रेतीको स्वाभाव मन नपर्नेहरु उनको खुट्टा तानिरहेका हुन्छन् । तर उनी त्यसको वास्ता नगरी आफ्नो अडानमा तल्लिन छन् । उनी भन्छन्- ‘मरी लानु केही छैन ।’ राष्ट्र सेवक कर्मचारीहरुले यो बेला देश र जनतालाइ पुर्याउनुपर्ने सेवाका लागि केदार उप्रेतीबाट पाठ सिक्नुपर्ने त्यहाँ कार्यरत इमान्दार कर्मचीरीहरु बताउँछन् ।




























