IME Life
NIMB

गुराँस लाइफको तेस्रो त्रैमासिक अवधिमा खुद बीमा शुल्क आर्जन १२२ प्रतिशतले बढ्यो

NIMB
Himalayan Bank

 

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा खुद बीमा शुल्क तथा कुल बीमा शुल्क आर्जन १२२ प्रतिशतले बढाउन सफल भएको छ ।

कम्पनीले यहि अवधिमा तीन अर्ब एक करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा भने एक अर्ब ३५ करोड रुपैयाँ थियो ।

त्यस्तै हालसम्म कम्पनीले १३ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस वर्ष कुल बीमा शुल्क आर्जन पनि तीन अर्ब चार करोड रुपैयाँ छ । कम्पनीले यस वर्ष बीमा शुल्क आर्जनमा छलाङ मारेको छ ।

तर बीमा पोलिसी संख्या भने २२ प्रतिशतले घटेको देखिन्छ । गत वर्षको यहि अवधिमा २ लाख २ हजार ३५६ वटा बीमा पोलिसी बिक्री गरेकोमा यस वर्ष एक लाख ५६ हजार ९८९ वटा पोलिसी बिक्री गरेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा १० करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको भन्दा २४ प्रतिशतले नाफा बढाएको कम्पनीले गत वर्षको यहि अवधिमा भने ८ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । विभिन्न क्षेत्रमा कर्जा लगानी गरेर ६२ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ ।

चुक्ता पूँजी ११० प्रतिशतले बढेर एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । बीमा समितिले निर्देशन गरे अनुसार २ अर्ब रुपैयाँ पुग्न अझै २ करोड ४४ लाख रुपैयाँ आवस्यक पर्ने देखिन्छ ।

पूँजी सँगै जगेडा कोष पनि ४२ प्रतिशतले बढेको छ । जगेडा कोषमा ५२ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै जीवन बीमा कोष पनि ४२ प्रतिशतले नै बढेको छ । जीवन बीमा कोषमा १० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी भने ११ रुपैयाँबाट ७ रुपैयाँमा खुम्चिएको छ ।

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...