हिमालय एअरलाइन्सको जहाज भारतीय नागरिक बोकेर साउदी अरेविया जाँदै
Wednesday May 19, 2021
वि.सं.२०७८ जेठ ५ बुधवार ११:२०

काठमाडौं । नेपालमा रहेका भारतीय नागरिकलाई उद्धार गरेर साउदी अरेविया लैजान दुई वटा उडान हुँदैछन् । हिमालय एअरलाइन्सको जहाज भारतीय नागरिक बोकेर साउदी अरेविया जाँदै एअरलाइन्सले साउदीको रियाद र दमामको लागि दुई वटा उडान गरेर भारतीय नागरिक लैजान लागेको हो ।
यसअघि हिजो हिमालय एअरलाइन्सले तीनवटा र नेपाल एअरलाइन्सले दुई गरी पाँच वटा उडानमार्फत भारतीयलाई साउदी लगिएको थियो । निषेधाज्ञा अघि नै नेपाल आएर अड्किएका भारतीयलाई साउदी लैजान नेपाल नागरिक उड्डयन प्राधिकरणले १० वटा चार्टड उडानको अनुमति दिएको छ ।
दिल्ली–काठमाडौं एउटा चार्टड उडान हुँदैछ । यसैबीच नेपाल एअरलाइन्सले चीनबाट अक्सिजन सामग्री ल्याउँदैछ । सिलिन्डर सहितका सामग्री बोकेको वाइड बडी जहाज दिउँसो दुई बजेर पाँच मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरणको तालिका रहेको छ ।
यस्तै आजै राति नेपाल एअरलाइन्सको जहाज चीनको सेन्झेन जाँदैछ । हिमालय एअरलाइन्स र चीनको सिचुवान एअरले पनि उद्धार तथा सामग्री आपूर्तिको लागि चार्टड उडान गर्दैछन् ।
बिस्तृत जानकारी लिन यहाँ थिच्नु होस् :
https://www.himalaya-airlines.com/





























