CG Electronics
IME Life
Ncell NPL

स्कटिश फिल्म मेकरबाट माष्टर क्लास सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

स्कटिश फिल्म तथा डकुमेन्ट्रि मेकर युलिया कोभानोभले माष्टर क्लास दिएकी छिन् । नेपाली चलचित्र सँग सम्बन्धित व्यक्तिहरुलाई आफ्नो अनुभव बाढेकी छिन् । नेपाल अन्तराष्ट्रिय फिल्म फेष्टिभल ९निफ० २०२१ को पोष्ट इभेन्टको भएको यस कार्यक्रममा उनले वातावरण सम्वन्धि वृत्तचित्र निर्माण अनुभव शेयर गरेकी छिन् ।

नेपाल अन्तराष्ट्रिय फिल्म फेष्टिभल र ब्रिटिस काउन्सिलले सयुक्त रुपमा आयोजाना गरेको उक्त कार्यक्रमा मानव र प्रकृति विचको जटिल सम्बन्धमाथिका प्रयोगात्मक वृत्तचित्र माथि उनले व्याख्या गरेकी छिन् ।

माष्टर क्लासमा निफ २०२१मा सहभागी भएका वातावरण सम्बन्धि चलचित्रहरुको बारेमा पनि उनले समिक्षा गरेकि थिइन् । निफको वृत्तचित्र विधाको जुरी मेम्बर पनि रहेकी युलियाले वातारणिय परिर्वतन र त्यसले पारेको प्रभावको बनेका वृत्तचित्रहरुको बिशेषता माथि प्रकाश पारिन् ।

त्यस्तै प्रयोगात्मक वृत्तचित्र निर्माण गर्ने युलिायाले पनि आफ्ना उत्कृष्ट डकुमेन्ट्रि फिल्मको बारेमा पनि चर्चा गरन् ि। बिशेष गरेर आफ्ना वृत्तचित्रहरुको बिषयबस्तु छनौट र निर्माण अनुभवको आधारमा कसरी मानविय अप्राकृतिक व्यवहारले वातावरणमा पारेको गम्भिर प्रभाव पारेको छ रु भन्ने खोज गरेको उनले बताइन् ।
साथै उनले वातावरणमा परेको नकारात्मक प्रभावका कारण प्रकृति र मानव जीवनमा परेको नकारात्मक असरको उल्लेख गर्दै वातावरण डकुमेन्ट्रि फिल्मले वातावरण प्रदुषणको कार्यलाई कम गर्न महत्वपुणर् भुमिका निर्वाह गर्ने विश्वस्त गराइन् ।

बाफ्टा स्कटल्याण्ड र बेलायतको सर्वश्रेष्ठ लघु फिल्ममा नामांकन प्राप्त उनको प्रयोगात्मक वृत्तचित्र चलचित्र ‘प्लास्टिक म्यान’ को बिषयवस्तु माथि चर्चा गर्दै स्कटल्याण्ड एक पयार्वरण प्रेमीले प्लाष्टिकको विरुद्ध चलाएको अभियान प्रतिकात्मक रुपमा प्रस्तुत गरेको बताइन् ।

फिल्मयुनिभरसिटि अफ इडनवर्गकी प्राफेसर पनि रहेकी युलियाले विश्वका उत्कृष्ट वातावरण डकुमेन्ट्रिहरुको चर्चा गर्दै तिनीहरुको विशेषतामाथि प्रकास पारिन् । मानवजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पर्यावरणप्रति मानिसहरुको गैरजिम्मेवारीपुणर् व्यवहारले पारेको नकारात्मक प्रभावका बिषयमा निर्माण भएका चलचित्रले प्राकृतिक जीवनचत्रमा कसरी असर पारिरेहको छ रु भन्ने प्रश्नको उत्तर खोजेको कुरा उनले वताइन् ।

युलिया कोवानोभा साइबेरियामा जन्मेर स्कटल्याडलाई कार्यक्षेत्र बनाएकी कलाकार, फिल्म निर्माता, फिल्म क्युरेटर र शिक्षक हुन । वातावरण सम्बन्धि बिषयमा अनुसन्धानमा आधारित भएर दृश्यको माध्यमबाट प्रयोगात्मक र रचनात्मक सन्देश प्रवाह गर्न सकिने र त्यसले मानव विचारमा गहिरो प्रभाव पार्ने उनको धारण थियो ।

जुम प्रविधिमा भएको उक्त माष्टर क्लासमा चलचित्र, पत्रकारिता लगायत समाजका विभिन्न समुदायका गरि ३० जना सहभागीलाई प्रशिक्षक युलियाले कसरी प्रभावकरी रुपमा वृत्तचित्र निर्माण गर्न सकिन्छ भनेर विस्तृत रुपमा प्रशिक्षण दिएकी थिइन् । वातारणिय प्रभावका विभिन्न आयाम र ति माथि वृतचित्र निर्माणको बारेमा उनले चर्चा गरिन् ।
सहभागीहरुको जिज्ञासाहरुको समाधान गर्दै यस बिषयमा व्यापक र गम्भिर छलफल हुनुपर्छ भन्दै उनले पर्यावरण प्रदुषण माथिका श्रव्यदृश्यहरुले मानवता र समग्र प्रकृतिकै पक्षमा आवाज उठाउने हुदाँ यो सबैभन्दा उत्कृष्ठ कार्य भएको बताइन् ।

मौसम परिवर्तन र यसले जैविक विविधतामा पारिरहेको प्रभावको वर्तमान वास्तविक चिन्तालाई श्रव्यदृश्यको माध्यमबाट व्यक्त गरेर मानवले सिर्जना गरेको संकटबाट मानव लगायत सबै र प्रकृतिलाई मुक्त गर्न सकिने कुरा उल्लेख गर्दै सहभागीहरुलाई यस्ता सामाग्री निर्माण गर्न उनले आह्वान गरिन् ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...