CG Electronics
IME Life
NIMB

ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले ल्यायो ४२ करोड बढीको बजेट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं  ।  ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ लागि ४२ करोड २९ लाख ६८ हजार २ सय ९० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार सम्पन्न १० औं गाउँसभामा उपाध्यक्ष रनमाया गुरुङले आव २०७८/७९ का लागि चालूतर्फ २७ करोड ४२ लाख १८ हजार १ सय ९० र पुँजीगततर्फ १४ करोड ८७ लाख ५० हजार १ सय रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

यसमा चालूतर्फ २७ करोड ४६ लाख १८ हजार १ सय ९० र पुँजीगततर्फ १४ करोड ८७ लाख ५० हजार १ सय रुपैयाँ रहेको गुरुङले बताइन् ।

पालिकाले आगामी आवका लागि बजेट तयार गर्दा संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, ससर्त, समपुरक र राजस्व बाँडफाँट, आन्तरिक स्रोत र चालू आर्थिक वर्षको नगद मौज्दात (अल्या) लाई समेत आधार मानेको छ ।

गाउँपालिकाले संघीय सरकारबाट वित्तीय समानीकरणमा ११ करोड २१ लाख, ससर्त अनुदानतर्फ १७ करोड ६८ लाख, विशेष अनुदानतर्फ १ करोड ६६ लाख र राजस्व बाँडफाँटतर्फ ५ करोड ६३ लाख ६० हजार गरी कुल ३६ करोड २० लाख ६० हजार रुपैयाँ प्राप्त हुने बजेट सिलिङ पाएको थियो ।

प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ६४ लाख १८ हजार, ससर्त अनुदानमा ५ लाख ६२ हजार, समपुरक अनुदानमा १ करोड र राजस्व बाँडफाँटतर्फ २५ लाख ७८ हजार २ सय ९० रुपैयाँ गरी कुल १ करोड ९५ लाख ५८ हजार २ सय ९० रुपैयाँ अनुदानको बजेट सिलिङ पाएको थियो ।

पालिकाले मालपोत करसमेत गरी कुल २३ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने र बाँकी रकम नगद मौज्दातबाट बेहोर्ने गरी सवा ४२ करोड रुपैयाँ हाराहारीको बजेट ल्याएको हो ।

दसौँ गाउँसभा अधिवेशनमा पालिका अध्यक्ष केशरकुमार सुब्बाले स्थानीय सरकारले कसैलाई लाखापाखा नगर्ने हुँदा सत्तापक्ष र प्रतिपक्षको कल्पना गरिन नहुनेमा जोड दिए।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...