CG Electronics
IME Life
Ncell NPL

रत्नपार्कमा तहलिदा : राजनीतिक गफ देखि यौन धन्दासम्म, यसरी चल्छ दिउसै यौनको मोलमोलाई

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

उपत्यकाको व्यस्त जीवनशैली र अस्तव्यस्थ शहरीकरणको मारले मानिस आजित भएका छन् । यसैमा न खानेपनीको व्यवस्था राम्रो छ न त घरवेटीले भाडावाललाई नागरिकको व्यवहार नै गर्छन् ।

 

दिक्दारी हटाउन वेलावेलामा शहरमा विभिन्न पार्क तथा उपत्यका नजिकका पर्यटकिय स्थल घुम्न जाने मानिसको बानी बनेको छ । तर, काठमाडाैंको मुटु मानिने स्थान रत्नपार्क भने दिनमा एउटा रुप, दिउँसोमा अर्को रुप र साझ पर्न थालेपछि अर्कै रुप लिन्छ ।

 

केहि दिन पहिले  पनि त्यहि रत्नपार्कमा पुगेको छ । कुनै जमाना थियो जहाँ मान्छे छलफल गर्ने देखि मुकुन्देको भाषण सुन्न जाने गर्दथ्ये ।

 

मुकन्द घिमिरे भन्ने अजिवका मान्छे पिपलको बोटमा बसेर दिनभर भाषण गर्थे र उनलाई पैसा दिने देखि गाली दिने सम्मका मानिस भेला हुन्थ्ये । रत्नपार्कमा न कुनै टिकट शुल्क लाग्थ्यो न कुनै अन्य शुल्क नै ।

 

तर, अहिले काठमाडाैं महानगरपालिकाले त्यहाँ उद्यान बनाएर टिकट शुल्कको व्यवसथा गरेको छ । तर, एउटा कुरा भने आजसम्म पनि फेरिएको छैन् । त्यो हो खुलेआम सेक्सको मोलमोलाई ।

 

रत्नपार्कमा साझ परेपछि देखिने दृष्य अत्यन्तै चाखलाग्दो हुने गर्दछ । युवतीका पछाडी कयाैं केटाहरु खुलेआम रेट कति हो भन्दै हिडिरहेका देखिन्छन् । तर, त्यहि रत्नपार्कको छेवैमा छ रानी पोखरी प्रहरी वृत ।

 

प्रहरी अवैधानिक याैन धन्दा रोक्ने भन्दै विभिन्न भाषाको प्रयोग र भाषण गर्छ तर उसको आखै अगाडी खुलेआम याैनको मोलमोलाई हुन्छ । अझ प्रहरी देखेर नदेखे झैं गर्छ ।

 

कसैले  त्यहाँ पुगेर केहि अध्ययन गरेको छ । जसमध्ये अनाैठो र हृदयविदारक पक्ष के भेटिएको छ भने केहि याैनकर्मी महिलाहरु घरमा बच्चा र श्रीमानलाई खाना पकाएर खुवाएर आउने गर्दछन् ।

 

एक जना युवा याैनकर्मी सरिता (नाम परिवर्तन)संग मोलमोलाइ गर्न भनेर जान्छन्। उनले खासखुस कुरा गरेपछि सरिताले होल नाइट की १ सट भन्दै प्रश्न गर्छिन ।

 

युवाले भन्छन्, होल नाइट । सरिताले भन्छिन तीन हजार । फेरि युवाले भन्छन्, यो त धेरै भएन र ? उनीहरुले केहि समय बार्गेनिङ गरेपछि दई हजारमा कुरा मिल्छ उनीहरु दुवै जना हिड्छन ।

 

यस्तै, अर्की निमा (नाम परिवर्तन)संग पनि युवाहरुले पिछा गर्दै गर्दा बार्गेनिङ सुरु भयो । उनलै भनिन् कति जना हो ? होल नाइट हो की के ? युवाहरु समुहमा गएका रहेछन् ।

 

हामी तीन जना छाैं । होल नाइट नै जाने हो । निमाले भनिन् । तीन जना होल नाइटको ८ हजार । युवाहरु मुखामुख गरे । कुरा मिलेन उनीहरु हिडे । उनीहरु खेलेआम यौनको मोलमोलाई गरिरहेका हुन्छन् । रत्नपार्कमा मोलमोलाई भईसकेपछि मुल्य मिले यौनकार्यका लागि नजिकै कतै होटलमा जान्छन् भने कसैले आफ्नो कोठामा लैजाने गर्छन ।

 

यस्तैमा तेश्रो लिङ्गिको समेत भिडभाड हुने स्थानमा पर्छ रत्नपार्क । ती युवाहरु तेश्रो लिङ्गि कहाँ पुगेर बार्गेनिङ सुरु गरे । निमासंग जस्तै । उनी चाहीँ व्यापार खासै छैन लु जाम न त भन्दै ५ हजारमा तीन जनालाई लिएर हिडिन् ।

 

साझ छिप्पदै थियो ।  युवाको संख्या बढ्दै थियो । युवतिको संख्या नि थपिदै थियो । तर जव रातीको ९ बज्न थाल्यो तव केहि सुनसान हुन थाल्यो ।

 

याैनकर्मी महिलाहरु धेरै बार्गेनिङ नगरेर न्युन रकममा जान तयार भएका देखिन्थ्ये । साझमा तीन देखि ५ हजार भन्नेहरु रातीमा १५ सय देखि दुई हजारसम्ममा झरेका थिए ।

 

प्रहरी केहि समय आएजस्तो गर्थ्यो र उनीहरु भागे जस्तो गर्थ्ये । तर, कसैले  उनीहरुमध्ये एक जना सुप्रिया (नाम परिवर्तन)संग अलि अन्तरङ्ग कुराकानी गर्यो । उनले जनाइन यहाँ आउने मध्ये धेरै जस्तो बाहिरका छन् ।

 

तेश्रो लिङ्गि र हामीबीच कहिलेकाँहि झगडा समेत हुन्छ । अनि हामिले सोध्याैं, प्रहरी नी ? उनले भनिन्, केहि प्रहरीलाई समेत हप्तामा एक पटकसम्म प्रायले रात काट्नु पर्छ । तर सवै प्रहरी त्यस्ता छैनन् । कोहिले त सम्झाउछन् । यस्तो नगर्नुस भन्छन्  तर, कोहि त यति दुख दिन्छन की भनेर साद्यै छैन् ।

 

यति भन्दा भन्दै उनी कहाँ नि एक युवक टुप्लुक्क आइ पुग्छन । अनि उनी त्यहि युवाको बाइकमा पछाडी बसेर जम्मा एक हजारमा रातभर याैन प्यास मेटाइदिने सर्तमा सुन्धारा तिरका होटेल जाने भनेर जान्छिन ।

 

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...