CG Electronics
IME Life
NIMB

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा राष्ट्र बैंकले यसरी लगायो काँजो, कुन बैंकको कति लगानी ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडा । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मार्जिन प्रकृतिको सेयर धितो कर्जा ‘कोर क्यापिटल’को ४० प्रतिशतसम्ममात्रै लगानी गर्नसक्ने व्यवस्था गरेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले औसतमा प्राथमिक पुँजीको १६.९३ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गरेका छन् । ०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल प्राथमिक पुँजी ६ खर्ब २७ अर्ब ६५ करोड रहेको छ ।

यस्तै, बैंकहरूले मार्जिन प्रकृतिको सेयर धितो कर्जा १ खर्ब ६ अर्ब २८ करोड लगानी गरेका छन् । जुन कुल कर्जा लगानीको २.५५ प्रतिशत हो । २०७७ असार मासन्तमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब ५८ करोड रहेको छ ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा विकास बैंकहरूले औसतमा प्राथमिक पुँजीको ३०.०५ प्रतिशत, वाणिज्य बैंकले १६.३१ प्रतिशत र वित्त कम्पनीले ९.९३ प्रतिशतसम्म कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७८ असार मसान्तसम्मको तथ्याङ्क अनुसार ३ वटा विकास बैंकको भने मार्जिन प्रकृतिको सेयर धितो कर्जामा उक्त सीमा नाघेको छ । मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकको मार्जिक प्रकृतिको सेयरधितो कर्जाको राष्ट्र बैंकले तोकेको सीमा नाघेको देखिन्छ । तर, मुक्तिनाथ विकास बैंकका चिफ फाइनान्स अफिसर सञ्जीव दाहाल बैंकले राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेर मार्जिज प्रकृतिको सेयर धितो कर्जा प्रवाह गरेको बताउँछन् ।

नेपाल राष्ट्र बैंकले पछिल्लो त्रैमासको आन्तरिक लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा कायम भएको प्राथमिक पुँजीको ४० प्रतिशत मार्जिन प्रकृतिको सेयरधितो कर्जा लगानी गर्नसक्ने उनी बताउँछन् । राष्ट्र बैंकले प्रकाशित गरेको असार मसान्तको तथ्याङ्कमा बैंकले चैत मसान्तसम्म आर्जन गरेको मुनाफालाई प्राथमिक पुँजीमा नजोडेको हुँदा मार्जिन प्रकृतिको सेयर धितो मर्जामा ४० प्रतिशतको सीमा नाघेको देखिएको उनले बताए ।

बैंकले चैत मसान्तसम्म आर्जन गरेको मुनाफालाई आन्तरिक लेखापरीक्षण सञ्चित मुनाफामा राखिसकेको हुँदा उक्त सीमा ननाघ्ने उनको तर्क छ । मुक्तिनाथ विकास बैंक मात्रै नभएर महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकको पनि नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७७ असारको मासिक तथ्याङ्कमा पनि राष्ट्र बैंकले तोकेको सीमा नाघेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको इ.प्रा. निर्देशन नम्बर २ को बुँदा नम्बर १५ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जा सम्बन्धी व्यवस्था रहेको छ । सोही बुँदाको ६ (क) को (६) नम्बर बुँदामा “मार्जिन प्रकृतिको कर्जा बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको बढीमा ४० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्नेछन् । यस प्रयोजनका लागि प्राथमिक पुँजी भन्नाले ठिक अघिल्लो त्रैमासको आन्तरिक लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा कायम हुन आएको प्राथमिक पुँजी सम्झनु पर्दछ,” भन्ने उल्लेख छ ।

यसले सबै बैंक तथा वित्तीय संस्थामा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आर्जन गरेको नाफालाई आन्तरिक लेखापरीक्षण गरेपछि कायम प्राथमिक पुँजीलाई नजोडेको हुँदा प्राथमिक पुँजीको ४० प्रतिशत सीमा नाघेको देखिएपनि उक्त तथ्याङ्क आउँदा सीमाभित्रै रहने देखिन्छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्तासमेत रहेका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकाल भने प्राथमिक पुँजीको ४० प्रतिशतभन्दा बढी मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गर्ने बैंकलाई कारबाही हुने बताउँछन् । “यदि कुनै पनि बैंकले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी मार्जिन प्रकृतिको कर्जा लगानी गर्छ भने उसलाई एकीकृत निर्देशिकाले तोकेअनुसारको कारबाही हुन्छ,” उनले भने ।

२०७८ असार मसान्तसम्ममा वित्त कम्पनीहरूले कुल कर्जाको ३.९६ प्रतिशत कर्जा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेका छन् । ०७८ असार मसान्तसम्म वित्त कम्पनीहरूले कुल ७१ अर्ब ५४ करोड कर्जा लगानी गरेकोमा २ अर्ब ८३ करोड लगानी मार्जिन प्रकृतिको सेयर धितोमा गरेको देखिन्छ ।

फाइनान्स कम्पनीमा श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले प्राथमिक पुँजीको ३२.३० प्रतिशत, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले प्राथमिक पुँजीको ३१.२२ प्रतिशत र मञ्जुश्री फाइनान्सले प्राथमिक पुँजीको २६.९७ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेका छन् ।

यता नेपाल फइनान्सले कुल कर्जा लगानीको १२.८९ प्रतिशत, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले कुल कर्जाको ८.९७ प्रतिशत, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले कुल कर्जाको ८.८९ प्रतिशत कर्जा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेका छन् ।

१७ वटा फाइनान्स कम्पनीमध्ये जानकी फइनान्स मल्टिपपर्स फाइनान्स र क्यापीटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गरेका छैनन् ।

२०७८ असार मसान्तमा विकास बैंकहरूले लगानी गरेको कुल कर्जामा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको हिस्सा ३.२७ प्रतिशत रहेको छ । यस अवधिमा १८ वटा विकास बैंकले कुल ३ खर्ब ८३ अर्ब ४८ करोड कर्जा लगानी गरेकोमा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ अर्ब ५३ करोड लगानी गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै २ अर्ब ५२ करोड उक्त कर्जा प्रवाह गरेको छ । कुल कर्जामा महालक्ष्मी विकास बैंकले सवार्धिक ५.६१ प्रतिशत, लुम्बिनी विकास बैंकले ४.२९ प्रतिनशत, ज्योति विकास बैंकले ४.०७ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंकले ३.४४ प्रतिशत, सिन्धु विकास बैंकले ३.३७ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ३.२९ प्रतिशत कर्जा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेका छन् ।

गत आर्थिक वर्षको नाफा समायोजन गर्न बाँकी रहेको अवस्थामा ३ वटा बैंकले राष्ट्र बैंकले तोकेको प्राथमिक पुँजीको ४० प्रतिशत सीमा नाघ्दा सांग्रिला डेभलपमेन्ट बैंकले प्राथमिक पुँजीको ३८.५८ प्रतिशत र कामना सेवा विकास ३२.०७ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलमेन्ट बैंक, सहारा विकास बैंक र सलपा विकास बैंकले भने मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेका छैनन् ।

२०७८ असार मसान्तमा वाणिज्य बैंकहरूले कुल कर्जा लगानीका २.४५ प्रतिथशत कर्जा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरूले कुल ३७ खर्ब १५ अर्ब ५८ करोड कर्जा लगानी गरेका छन् । जसमध्ये ९० अर्ब ९२ करोड मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेको देखिन्छ । यस अवधिमा सिभिल बैंकले प्राथमिक पुँजीको ३५.८३ प्रतिशत, सिटिजन्स बैंकले ३०.०३ प्रतिशत, सिद्धार्थ बैंकले २८.९८ प्रतिशत, सेञ्चुरी बैंकले २५.१४ मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेका छन् ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिजय बैंकले पनि प्राथमिक पुँजीको २२.२७ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेको छ । रकमका आधारमा हेर्न हो भने ग्लोबल आईएमई बैंकले ७ अर्ब १४ करोड मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गरेको छ ।

सिभिल बैंकले कुल कर्जाको ४.६१ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेको छ । यस्तै, सिटिजन्स बैंकले पनि कुल कर्जाको ४.५४ प्रतिशत कर्जामा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेको छ । नेपाल बैंकले पनि ३.८३ पव्रतिशत कर्जा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेको छ ।

नेपाल एसबिआई बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकले भने मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेको छैनन् ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...