CG Electronics
IME Life
Ncell NPL

मोटरसाइकल र स्कुटर बिक्रेता कम्पनीले ल्याए दशैं र तिहार अफर, कुन कम्पनीको अफर कस्तो ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

दशैं र तिहार जस्ता चाडपर्व नजिकिएसँगै ग्राहक आकर्षित गर्न मोटरसाइकल र स्कुटर बिक्रेता कम्पनीहरुले विभिन्न योजनाहरु सार्वजनिक गर्न थालेका छन् ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीहरुले ग्राहक लोभ्याउनका लागि अधिकतम १० लाख रुपैयाँसम्मको अफर सार्वजनिक गरेका छन् । विशेष गरी हरेक वर्ष दशैं र तिहारलाई लक्षित गरी कम्पनीले विभिन्न उपहारदेखि छुट अफरहरु सार्वजनिक गर्छन् । जसलाई यस वर्षपछि कम्पनीहरुले निरन्तरता दिएका छन् ।

अझ कोरोना महामारीका कारण सार्वजनिक यातायातको साटो निजी सवारी प्रयोग गर्नुपर्ने बाध्यताका कारण मोटरसाइकल र स्कुटरमा मानिसहरुको आकर्षण बढ्दै गएको समेत पाइन्छ । यही आधारमा कम्पनीहरुले विभिन्न अफरहरु सार्वजनिक गरेका छन् ।

हालसम्म हिरो, बजाज, सुजुकी, यामाहा, टिभीएस ब्राण्डका मोटरसाइकल र स्कुटर बिक्री गर्ने कम्पनीहरुले दशैं योजना सार्वजनिक गरिसकेका छन् ।

कुन कम्पनीको कस्तो अफर ?

बजाज: दशैंको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत ग्राहकले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने समयमा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

जसमा ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँसम्म अग्रीम नगद, मोटरसाइकलको खरिदको समयमा १ लाख रुपैयाँसम्म नगद तथा बम्पर अफर अन्तर्गत कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

सुजुकी: सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले ‘दशैं आयो उमंग छायो’ योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गरी आफ्ना ग्राहकहरूलाई स्कुटरको खरिदमा १० हजार नगद छुट दिने भएको छ ।

साथै कम्पनीले १ वर्षको सडक दस्तुर छुट, एक्सचेञ्ज, सरल फाइनान्सको सुबिधाका साथै प्रत्येक १५ दिनमा बम्पर उपहारस्वरुप इन्ट्रडर बाइक जित्न सकिनेछ ।

हिरो: नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले दशैंलाई लक्षित गरी ‘दशैंको बेला हिरोको मेला’ नामक योजना सार्वजनिक गरेको छ ।

जस अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले नगद छुट पाउने छन् । जसमा स्क्रयाचमार्फत् न्यूनतम ६ हजार रुपैयाँ र अधिकतम १ लाख रुपैयाँसम्म छुट पाउनेछन् । साथै बम्पर लक्की ड्रमार्फत् एकजनाले १ लाख रुपैयाँसम्म नगद पाउनेछन् ।

सबै साथै हिरोको मोटरसाइकल र स्कुटरमा शुन्य प्रतिशत ब्याजदरमा ५० प्रतिशत फाइनान्सको समेत सुविधा उपलब्ध रहेको छ ।

टिभीएस: दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘टीभीएसः ६ प्राइजको सप्राइज’ योजना सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत ग्राहकले ६ पटकसम्म उपहार जित्न सक्नेछन् । साथै, विभिन्न टीभीएस ब्राण्डका मोटरसाइकल र स्कुटरको खरिदमा हात खाली नहुने गरी विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

यो योजना गत भदौ १६ गते बुधबारदेखि शुरू भइ चाडपर्व समापनपछि मात्रै समाप्त हुनेछ । यस योजना मुलुकभरका सम्पूर्ण टीभीएस शोरुममा उपलब्ध हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकले मोटरसाइकल वा स्कुटर खरिद नै नगरी कम्पनीको वेवसाइट टीभीएसनेपाल डट कम÷दशैं मा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् भने सवारी खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद हात पार्न सक्नेछन् । त्यसका साथै दैनिक रियलमी सी२० स्मार्टफोन पनि ग्राहकले जित्न सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकले हरेक साता शतप्रतिशत क्यासब्याकको अफर पाउनेछन् । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आरआर ३१० पाउन सक्नेछन् ।

त्यसका साथै बम्पर उपहार अन्तर्गत टीभीएसको सवारीसँगै अन्तिममा प्रोटोन सागा कार जित्न सक्नेछन् । साथै सोधपुछमार्फत् रियलमी स्मार्ट फोन र अपाचे आरआर ३१० बाइक जित्न सक्नेछन् ।

यामाहा: यामाहा मोटर साइकल तथा स्कूटरहरूको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं तिहारको शुभकामना सहित एक विशेष उपभोक्ता योजना ‘रेस फर द एस अफर’ शुरु गरेको हो ।

योजना अन्तर्गत उपभोक्ताहरूले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा ८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्तगर्न सक्नु हुनेछ । साथै लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्कातास जित्नेछ ।

कम्पनीले विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्कातास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नेछन् ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...