IME Life
NIMB

६० अर्ब २ करोड शेयर बजारमा बीमा कम्पनी लगानी, एलआईसी नेपालको मात्रै १० अर्ब बढी,अरुको कति ?

NIMB
Himalayan Bank

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीहरुले ३ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ६३ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ गरी सो बराबरको रकम विभिन्न क्षेत्रमा लगानी गरेका हुन् ।

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले शेयर बजारमा मात्रै ६० अर्ब २ करोड ५४ रुपैयाँ लगानी गरेका छन् । यो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले गरेको कुल लगानीको ११.८४ प्रतिशत हुन्छ ।

बीमा कम्पनीहरुले शेयर बजारसँग सम्बन्धित क्षेत्र सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चर, सरकारी बचतपत्र तथा ऋणपत्र, म्युचुअल फण्ड र नागारिक लगानी कोषमा गरिएको लगानी समेटिएका छन् ।

जीवन बीमामा एलआईसी नेपालको मात्रै १० अर्ब भन्दा बढी लगानी

गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा जीवन बीमा कम्पनीहरुले ५४ अर्ब ८६ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन्।

जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा ११ अर्ब ९४ करोड ५९ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र १८ अर्ब २९ करोड ७९ लाख, सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा २१ अर्ब ५४ करोड ९५ लाख रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २ अर्ब ४ करोड ५३ लाख रुपैयाँ, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ७८ करोड ६१ लाख रुपैयाँ गरी सो बराबरको रकम लगानी गरेका हुन् ।

जीवन बीमा अन्तर्गत एलआईसी नेपालले सबैभन्दा धेरै १० अर्ब २३ करोड ८७ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । एलआईसीले सूचीकृत कम्पनीको साधारण शेयरमा २ अर्ब ६६ करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा ७ अर्ब ४८ करोड र म्युचुअल फण्ड तथा नागरिक लगानी ८ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्सले पनि ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम शेयर बजारमा लगानी गरेको छ । नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले पनि शेयर बजारमा ६ अर्ब रुपैयाँ भन्दा धेरै रकम लगानी गरेको छ ।

शेयर बजारमा सबैभन्दा कम लगानी गर्ने जीवन बीमा कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । महालक्ष्मी लाइफले यस अवधिमा सूचीकृत कम्पनीको साधारण शेयरमा ९ लाख २० हजार, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्रमा २७ लाख ९० हजार रुपैयाँ र म्युचअल फण्ड तथा नागरिक लगानीकोषमा १५ हजार रुपैयाँ गरी ३८ लाख ६० हजार रुपैयाँ मात्रै लगानी गरेको छ।

शिखर इन्स्योरेन्सको शेयर बजारमा एक अर्ब बढी लगानी

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ४० करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन् ।

त्यस मध्ये सबैभन्दा धेरै रकम शिखर इन्स्योरेन्सले १ अर्ब ३ करोड ६५ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । शिखरले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ३७ करोड १९ लाख, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा ६२ करोड ६८ लाख रुपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ३ करोड ७८ लाख रुपैयाँ गरी एक अर्ब ३ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै राष्ट्रिय बीमा कम्पनीले पनि सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ८५ करोड ९५ लाख रुपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ५ करोड ९९ लाख रुपैयाँ गरी ९१ करोड ९४ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ ।

शेयर बजारमा सबैभन्दा कम लगानी गर्नेमा भने सानिमा जनरल इन्स्योरेन्स रहेको छ । सानिमाले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १२ लाख र बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्रमा एक करोड ७३ लाख रुपैयाँ गरी एक करोड ८५ लाख रुपैयाँ मात्रै शेयर बजारमा लगानी गरेको छ ।

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...