लोकल रक्सी पोख्ने विदेशी दलाल हुन् : राई
Wednesday Nov 03, 2021
वि.सं.२०७८ कात्तिक १७ बुधवार २०:१५
लोकल मदिरा पोखेर नष्ट गरेको घटनाप्रति ‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता एवं पूर्वमन्त्री उषाकला राईले विरोध जनाएकी छन् ।
इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्की नेतृत्वको प्रहरीले १५ कात्तिकमा ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ बरामद गरेर जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयको रोहवरमा पोखेर नष्ट गरिएको केही दिनपछि एमाले नेतृ राईले विरोध जनाएकी हुन् ।
‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता राईले बुधबार सामाजिक सञ्जालमार्फत घरेलु रक्सी पोख्ने जनप्रतिनिधि र प्रहरीलाई ‘विदेशी दलाल र साम्राज्यवादका मतियार’ भनेकी छन् । घरेलु रक्सीलाई झैं विदेशी रक्सीलाई पोखेर देखाउन उनको चुनौती छ ।
प्रदेश नम्बर १ की पूर्वसामाजिक विकास मन्त्री राईले लोकल रक्सी पोख्नेलाई जनता समक्ष माफ माग्न भनेकी छन् । गरिब जनताको हात हातमा पैसा पठाउन कोदोको लोकल रक्सीलाई ब्यान्ड नभई ब्राण्ड बनाउने कार्यक्रम आफूले सुरु गरेको उनले बताइन् ।

























