सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लाभांस घोषणा
Friday Dec 17, 2021
वि.सं.२०७८ पुस २ शुक्रवार १६:२६
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट सेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६र७७ बाट ७.५० लाभांश वितरण गरेको थियो ।
प्रस्तावित ६.०५ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

























