CG Electronics
IME Life
NIMB

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । सिटिजन लाइफले आर्थिक वर्ष २०७६।०७७ को वित्तिय विवरणको आधारमा बीमा समितिमा पेश गरेको नयाँ बोनसदर गत मंसिर २६ गते स्वीकृत भएको जनाएको छ ।

बीमा समितिबाट स्वीकृत भएको नयाँ बोनसदर अनुसार सिटिजन लाइफमा बीमा गरेका बीमितहरुले प्रतिहजार प्रति वर्ष न्यूनतम २५ रुपैयाँ देखि अधिकतम् ७३ रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीले आज सार्वजनिक गरेको बोनस दर अनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ४४ रुपैयाँ देखि अधिकतम् ५५ रुपैयाँ प्रति हजार प्रति वर्ष बोनस पाउने छन् । त्यस्तै, सावधिक जीवन बीमा पोलिसीहरुमा ४२ रुपैयाँदेखि ७३ रुपैयाँसम्म प्रति हजार प्रतिवर्ष बोनस पाउनेछन् ।

 

सिटिजन शुभारम्भ योजना बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, बार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम् २५ रुपैयाँदेखि ३५ रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, सावधिक तथा आजिवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि ७० रुपैयाँ बोनस पाउनेछन् ।

बीमा समितिले स्वीकृत गरेको बोनस दर अनुसार सर्वाधिक धेरै पोलिसीले ३५ रुपैयाँदेखि माथि ५० रुपैयाँसम्म बोनसदर पाउने देखिएको छ ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...