CG Electronics
IME Life
NIMB

वायुसेवा सञ्चालक संघको २१ औं बार्षिक साधारणसभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौ । वायु सेवा संघ नेपालको २१ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा संघको साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले आगामी दुई वर्षको लागि नयाँ कार्य समिति चयन गरेको छ।

सधारणसभाबाट रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष थापाले नेपाली आकाशको सुरक्षाको सम्झौता नगरी काम गर्ने बताए ।

संघको साधारणसभालाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डउन मन्त्री प्रेम बहादुर आले मगरले हवाइ क्षेत्रमा सुधारको कामहरू भइरहेको बताए । मन्त्री आले मगरले विमानस्थलमा सुधारको काम भइरहेको बताए ।

संघको साधारणसभामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपानेले निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्ता जनाए । संघकै साधारणसभामा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले विमानस्थलमा चरा नियन्त्रण लगायतका सुधारका कामहरू भइरहेको बताए ।

संघको वार्षिक साधारणसभामा हवाइ क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाइ सम्मानित गरिएको थियो ।

 

संघको २१औं साधारण सभाले देहायबमोजिमको नयाँ कार्यसमिति चयन  :-

कार्यसमिति
अध्यक्षः क्या. रामेश्वर थापा, सिम्रिक एयर
प्रथम उपाध्यक्षः श्री अनोज रिमाल, यति एयरलाईन्स
द्वितिय उपाध्यक्षः श्री गोपाल भट्टराई, सौर्य एयरलाइन्स
तृतिय उपाध्यक्षः श्री निमा नुरु शेर्पा, अल्टिच्यूड एयर
महासचिवः श्री मनोज कार्की, समिट एयर
सचिवः श्री राजु न्यौपाने, मनाङ्ग एयर
कोषाध्यक्षः श्री रुपेश जोशी, बुद्ध एयर

सदस्यहरू
श्री फुरु ग्याल्जे शेर्पा, हेली एभरेष्ट
श्री सुवास अमात्य, प्रभू हेलिकप्टर
श्री अनिल मानन्धर, श्री एयरलाइन्स
श्री प्रज्वल थापा, गुण एयरलाइन्स
श्री श्रीहरि कुईकेल, कैलाश हेलिकप्टर सर्भिसेस्
श्री बालकृष्ण पण्डित, एयर डाइनेष्टि हेलि सर्भिसेस्

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...