ज्योति लाईफ इन्स्योरेन्सको एनिमेटेड प्रोडक्ट इन्फरमेशन भिडियो सार्वजनिक
Friday Jan 21, 2022
वि.सं.२०७८ माघ ७ शुक्रवार १४:२०
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले विश्वव्यापी फैलिरहेको कोभिड १९ को महामारीलाई ध्यानमा राखी, ग्राहकहरुको सुविधालाई चुस्त दुरुस्त एवं प्रविधिमैत्री बनाउने क्रममा उक्त सेवाहरुको जानकारी घर बसेरै विद्युत्तीय माध्यमबाट ग्राहकमाझ पु¥याउने उद्देश्यले आफ्ना सम्पूर्ण प्रोडक्टहरुको जानकारीमुलक एनिमेटेड भिडियोहरु कम्पनीको आधिकारिक युट्युब च्यानल, मोबाईल एप तथा वेबसाईट मार्फत हेर्न सकिने व्यवस्था मिलाईएको बारे कम्पनीले जनाएको छ ।
एनिमेटेड प्रोडक्ट इन्फरमेशन भिडियो मार्फत कम्पनीका सेवाग्राही तथा अभिकर्ताहरुले सहजै बुझ्ने गरि प्रोडक्टका विशेषताहरु, फाईदाहरु, मापदण्ड, बीमा अवधी तथा बीमालेख जारी गर्ने तरिका दर्शाइएको छ । हालसम्म कम्पनि द्वारा जारी गरिएका प्रमुख जीवन बीमा योजनाका जानकारी मुलक भिडियोहरु सार्वजनिक भईसकेको र बाँकी सेवाहरुको भिडियो पनि यथाशिघ्र सेवाग्राहीहरु माझ पु¥र्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले जानकारी दिनु भयो ।
























