CG Electronics
IME Life
NIMB

दोस्रो त्रैमासमा अजोड इन्स्योरेन्सको व्यवसाय मुनाफा दुवै बढ्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा र बीमा व्यवसाय दुवै बढेको देखिएको छ ।

चालु आवको छ महिनामा अजोड इन्स्योरेन्स कम्पनीले खूद नाफा १३.९१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको खुद नाफा चार करोड छ लाख ८३ हजारबाट बृद्धि भई चार करोड ६३ लाख ४० हजार पुगेको छ ।

समीक्षा अवधीमा कम्पनीको कूल बीमा शुल्क आम्दानी १६.०९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आवको छ महिनामा ६८ करोड २३ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको समीक्षा अवधीमा ७९ करोड २१ लाख रुपैयाँ त्यस्तो आम्दानी गर्न सफल भएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी समेत ९।१४ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च १२ करोड रुपैयाँ छ । गत आवमा कम्पनीको व्यवस्थापन खर्च १० करोड थियो । त्यसैगरी, लगानी, कर्जा तथा अन्य आय १२।६३ प्रतिशतले बृद्धि भएको छ ।

अजोड इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ९.२६ रुपैयाँ, पिई अनुापत ८०.४५, प्रतिशेयर नेटवर्थ १२६.४० रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २२४.९७ रुपैयाँ रहेको छ ।

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १९ मंगलवार १२:४९

  काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले नेपाली बजारमा नयाँ...

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:३१

  काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा...

मोबाइल नम्बर परिवर्तन हुँदा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन राष्ट्र बैंकको आग्रह

मोबाइल नम्बर परिवर्तन हुँदा वित्तीय सेवा प्रदायकलाई...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:०९

  काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल...

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:०६

  काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४८

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि...

‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४०

  चितवन, सौराहा । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी...