CG Electronics
IME Life
NIMB

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले नेपाली बजारमा नयाँ क्लाउडी लेमन स्वादको पेय पदार्थ ‘क्याम्पा लेमोनाइट’ सार्वजनिक गरेको छ। कम्पनीले कागतीको ताजगीपूर्ण स्वाद र विशेष ‘क्लाउडी’ बनावटको संयोजनमा तयार गरिएको यो पेय पदार्थले उपभोक्तालाई फरक तथा सन्तुलित स्वादको अनुभव दिने जनाएको छ।

कम्पनीका अनुसार गर्मी मौसमलाई लक्षित गर्दै बजारमा ल्याइएको क्याम्पा लेमोनाइटले तत्काल ताजगी र शीतलताको अनुभूति दिलाउनेछ। नयाँ उत्पादनसँगै कम्पनीले आफ्ना उपभोक्तालाई सुलभ मूल्यमा गुणस्तरीय स्वाद र थप विकल्प उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। सीजी रिलायन्सले यसअघि क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज तथा क्याम्पा इनर्जी गोल्ड बुस्टजस्ता उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। क्याम्पा लेमोनाइटको आगमनसँगै कम्पनीले आफ्नो पेय पदार्थ पोर्टफोलियोलाई थप विस्तार गरेको जनाएको छ।

उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै क्याम्पा लेमोनाइट दुई फरक आकारमा उपलब्ध गराइएको छ। २५० मिलिलिटरको प्याकेटको मूल्य ३० रुपैयाँ तथा १ लिटरको बोतलको मूल्य ९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार क्याम्पा लेमोनाइट हाल देशभरका प्रमुख खुद्रा बिक्री केन्द्रहरूमा उपलब्ध भइसकेको छ। आफ्नो देशव्यापी वितरण सञ्जालमार्फत उत्पादनको पहुँच अझ विस्तार गर्दै लगिने कम्पनीको भनाइ छ।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...