IME Life
NIMB

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

NIMB
Himalayan Bank

 

काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र शैक्षिक परामर्श क्षेत्रका व्यवसायीहरूबीच संयुक्त छलफल भएको छ।

रास्वपाको केन्द्रीय कार्यालयमा सम्पन्न छलफलमा पार्टीका महामन्त्री विपिन कुमार आचार्यसँग शैक्षिक परामर्श व्यवसायीहरूले नियमावलीका विभिन्न प्रावधानबारे आफ्ना धारणा र चासो प्रस्तुत गरेका थिए।

छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित १४ वटा संघ–संस्थाका प्रतिनिधि तथा ‘फ्री कन्सल्टेन्ट ग्रुप’का प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सोही अवसरमा व्यवसायीहरूको संयुक्त तर्फबाट महामन्त्री आचार्यलाई ज्ञापनपत्र पनि हस्तान्तरण गरिएको थियो।

ज्ञापनपत्र बुझ्दै महामन्त्री आचार्यले व्यवसायीहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्ने आश्वासन दिएका छन्। उनले यस सम्बन्धमा पार्टीका सभापतिसँग आवश्यक छलफल गरी आगामी दिनमा आवश्यक समन्वय, संवाद र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलमा सहभागी शैक्षिक परामर्श क्षेत्रका प्रतिनिधिहरूले नियमावलीसम्बन्धी विषयमा आगामी प्रगति र विकासक्रमबारे सम्बन्धित पक्षलाई समयानुकूल जानकारी गराउँदै जाने बताएका छन्।

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘भर्सन नेक्स्ट’ डिजिटल प्रणालीको शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य...

वि.सं.२०८३ साउन १८ सोमवार १६:४३

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर...

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...