जाल्पा सामुदायिक लघुवित्तको आइपीओ शुक्रबार खुल्ने
Tuesday Feb 01, 2022
वि.सं.२०७८ माघ १८ मंगलवार १८:२८
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले माघ २१ गतेदेखि अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको संस्था हो । यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ८, सिमलचौर, कास्कीमा रहेको छ।
जसमध्ये साधारण शेयर मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको ५ प्रतिशत अर्थात् ३६ हजार १०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी सुरक्षित ४ लाख ८७ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
आवेदकले उक्त शेयरमा आवेदन दिदा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्ता सम्मका लागि माग गर्न पाउनेछन् । उक्त शेयर माघ २१ गतेदेखि निष्काशन खुल्ला भई छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गते बन्द हुनेछ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रति साधारण शेयर रु। १००।— अङ्कित दरका ५,२२,००० कित्ता साधारण शेयर मध्येजारी पुँजीको०.५५ अर्थात ८,००० कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको ५५ अर्थात् २६,१०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ४,८७,९०० कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गरिएको छ ।

























