माओवादीका ३ नेता देव गुरूङ, रेखा शर्मा र जयपुरी घर्तीले जनाए लिखित असहमति
Sunday Feb 20, 2022
वि.सं.२०७८ फागुन ८ आइतवार १३:५५
काठमाडौँ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङ सहित तीन जना सांसदले एमसीसी टेबल गर्ने निर्णयमा असहमति जनाएका छन्।
नेता देव गुरूङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त रूपमा पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति जनाएका हुन्।
उनीहरूले राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको सुनिश्चितता पनि नभएको र संसद अवरूद्ध रहेको भन्दै संसदमा एमसीसी टेबल गर्ने विषयमाथि आफूहरुको गम्भीर असहमति रहेको उल्लेख गरेका छन्।

























