CG Electronics
IME Life
Ncell NPL

चुनाव अघिको एक सातामा १३० अंकले बढेको नेप्से चुनावपछि उच्च अंकले घट्यो

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सेयर बजारमा भीषण पहिरो गएको छ । स्थानीय तहको चुनाव अघिको एक सातामा १३० अंकले बढेको नेप्से चुनावपछिको पहिलो कारोबार दिनमा उच्च अंकले घटेको हो ।

 

५ दिन बन्द भएर खुलेको बजारमा आज एकैदिन ८५ अंकले घटेको छ । सूचकमा भारी गिरावट आए पनि कारोबार रकम भने उस्तै रहेको छ । चुनावअघि औसतमा दैनिक डेढ अर्ब हाराहारी कारोबार हुँदै आएकोमा आज पनि सोही हाराहारीमा कारोबार भएको छ ।

 

मंगलबार नेप्से ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा आइपुगेको छ । यसदिन २२१ कम्पनीको १ अर्ब ६४ करोड ४० लाख ५० हजार २३९ रुपैयाँ बराबरको ३५ लाख ९५ हजार ५६८ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । अन्य समूह सबैभन्दा धेरै ५.८७ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स र हाइड्रोपावर समूह पनि ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज जाल्पा लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको पौने १० करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली र सानिमामाइ हाइड्रोपावर साढे ५५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।त्यसैगरी, बुद्धभूमि नेपाल, इमर्जिङ नेपाल र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् । त्यस्तै, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जी र युनिभर्सल पावरको सेयर मूल्य ९ प्रतिशतले घटेको छ भने ज्योति लाइफ, प्रुडेन्सियल, सूर्य लाइफ, मल्टीपर्पस फाइनान्स, ग्रीन लाइफ, पञ्चकन्यामाइ, राधी जलविद्युत्को सेयर मूल्य साढे ८ प्रतिशतले घटेको छ ।

नाडा र भन्सार विभागबीच मूल्यसूची स्टिकर सम्बन्धमा छलफल

नाडा र भन्सार विभागबीच मूल्यसूची स्टिकर सम्बन्धमा...

वि.सं.२०८३ वैशाख १४ सोमवार २२:०४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिमण्डलले...

प्रभु बैंकद्वारा एचआरडीसीलाई साढे ७ लाख सहयोग हस्तान्तरण

प्रभु बैंकद्वारा एचआरडीसीलाई साढे ७ लाख सहयोग...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:४७

  काठमाडौं । प्रभु बैंक लिमिटेड ले आफ्नो संस्थागत सामाजिक...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:३१

काठमाडौं । महालक्ष्मी विकास बैंक ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

चर्को गर्मीमा सीजी (CG) को शक्तिशाली प्रहार: ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’ अन्तर्गत नयाँ प्रिमियम स्ट्यान्ड फ्यान सार्वजनिक

चर्को गर्मीमा सीजी (CG) को शक्तिशाली प्रहार:...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१९

काठमाडौँ । गर्मीलाई मध्यनजर गर्दै नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड...

स्नो रिभर्स लिमिटेडको आईपीओ वैशाख २९ बाट खुल्दै, ७.७८ लाख कित्ता शेयर सर्वसाधारणका लागि

स्नो रिभर्स लिमिटेडको आईपीओ वैशाख २९ बाट...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:३९

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका...

कृषि विकास बैंक र सम्सारा रेमिट बीच सम्झौता

कृषि विकास बैंक र सम्सारा रेमिट बीच...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३३

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रा....