CG Electronics
IME Life
NIMB

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको १० करोड आईपिओ बिक्री खुल्ला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले आजदेखि कुल १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । क्यापिटलले बिक्रीमा ल्याउन लागेको उक्त फण्डको इकाईमा आजदेखि २४ गते (मंगलबार) सम्म आवेदन दिन सकिनेछ । सो समयभित्र सबै इकाई खरीदको माग नपरेको खण्डमा भने असार २ गतेसम्म इकाई किन्न सकिनेछ ।

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले कुल १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । सात वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि लगानीकर्ताले मेरो सेयरको मोबाई एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा पनि आवेदन दिन सक्नेछन्। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

क्यापिटलले प्रतिइकाई निष्काशन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । यसरी बाँकी रहेको ८ करोड ५० लाख इकाई म्युचुअल फण्ड र सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।

एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । हाल बजारमा २९ वटा म्युचुअल फण्ड सञ्चालनमा रहेकाछन् । जसमध्ये एनआईसी एशिया क्यापिटलले यसअघि चार वटा सामुहिक लगानी कोष योजना सञ्चालन गरिरहेको छ ।

एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेस्ड फण्ड, एनआईसी एशिया सेलेक्ट ३० गरी तीनवटा बन्दमुखी प्रकृतिको र एउटा एनआईसी एशिया डायनामिक डेप्थ फण्ड नामक खुलामुखी प्रकृतिको फण्ड सञ्चालन गरिरहेको छ । कम्पनीको आइपीओले आगामी बर्ष इकाइधनीलाई १३६ प्रतिशत प्रतिफल दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले बताए ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...