CG Electronics
IME Life
NIMB

नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन जनकपुरमा हुँदै

NIMB
Himalayan Bank

निरंजन साह,जनकपुरधाम । नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन युवाभित्र भएको प्रतिभालाई उजागर गर्दै सफल नेतृत्व प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएको जनकपुरमा हुने भएको छ ।

जनकपुरमा शनिबार पत्रकार सम्मेलनका आयोजना गरेर अधिवेशन गर्ने मौका पाएको जनकपुर जेसीजले यहि पौष ७ गतेदेखि १० सम्म ४५ औं राष्ट्रिय अधिवेशनको तयारीबारे जानकारी दिएका छन ।

स्थानीय तिरहुतिया गाछिमा हुन लागेको चार दिने अधिवेशनमा देशभरबाट दुई हजार पाँच सय सयभन्दा बढी जेसीजहरुको उपस्थिती हुने अधिवेशन निर्देशक जेसी सन्तोष साहले पत्रकार सम्मेलनमा बताएका छन ।

जनकपुर जेसिजको सचिवालय जनकपुर वडा नम्बर ४ स्थित कदम चोकमा भएको पत्रकार सम्मेलनमा देशभरका कुल एक सय ४१ शाखाबाट प्रतिनिधिहरुको उपस्थिति हुने जनाइएका छन ।

अधिवेशनको लागि दुर्इ करोड २० लाख खर्च हुने अनुमान गरिएको आतिथ्य शाखा जनकपुर जेसिजको रहेको छ । जसमा सहभागी हुन आउनेहरुसँग रजिस्ट्रेसन बापत १ करोड १६ लाख, दम्पती जेसीजबाट ११ लाख, जूनियर जेसीजबाट १० लाख ५० हजार र नेपाल जेसीज केन्द्रले ५ लाख दिने भएको हो । बाँकी अपूग ७७ लाख ५० हजार रकम आर्थिक सहयोग, विज्ञापन, सुभकामना, प्रयोजनबाट उठाउने पत्रकार समेलनमा जानकारी गराइएका छन ।

कार्यक्रममा सहभागिता जनाउनेहरुको लागि खाजा, खाना र आवास लगायतको प्रबन्ध आयोजकले नै गरेका छन । कार्यक्रमको तयारीका लागि विभिन्न उप-समिति गठन भइसकेको र आवश्यक पर्ने समितिहरु क्रमश गठन हुँदै जाने महाधिवेशन निर्देशक सन्तोष साहले जानकारी दिएका छन ।

जनकपुरमा जनकपुर जेसीजले यसभन्दा अघि तीन पटक राष्ट्रिय अधिवेशन गर्ने मौका पाइसकेका छन । पहिलोपटक सन १९७७ (तेस्रो, राष्ट्रिय अधिवेशन) सन् १९९३ (बिसौं ) र सन् २००३ मा (तिसौ) राष्ट्रिय अधिवेशन गरिसकेको जनकपुर जेसिजले चौंथो पटक यस वर्ष २०१८ मा ४५ औं राष्ट्रिय अधिवेशन गर्ने मौका पाएको छ ।

पत्रकार सम्मेलनमा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी विकाश मानन्धर, जनकपुर जेसिजका अध्यक्ष जेसी जीतेन्द्र महासेठ, महाधिवेशनका वरीष्ठ सल्लाहकार जेसी निर्मल चौधरी, महाधिवेशनका उप(निर्देशक जेसी लक्ष्मी नारायण साह र मनीष रमन साह लगायत जनकपुर जेसिजका पूर्व अध्यक्षहरुको उपस्थिति रहको थिए ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...