अर्थमन्त्रीको बैंक तथा वित्तीय सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त
Wednesday Aug 17, 2022
वि.सं.२०७९ भदौ १ बुधवार २१:०४
काठमाडौँ । अर्थमन्त्रीको बैंक तथा वित्तीय सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको उपनिर्देशक रहेका पोखरेलले राष्ट्र बैंकबाट तलब लिने गरी विज्ञ सल्लाहकारमा नियुक्त भएका हुन् ।
अर्थमन्त्रालयले नै उनलाई काजमा मन्त्रालय पठाइदिन पत्राचार गरेपछि उनलाई विज्ञ सल्लाहकारको रुपमा मन्त्रालय पठाइएको हो ।




























