CG Electronics
IME Life
Ncell NPL

चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्टले दाङ्ग सिमेन्ट किन्ने, ६२ अर्ब रुपैयाँ बराबरको सिमेन्ट बेच्यो

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्टले ६२ अर्ब रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेको छ। शिवम् ले ४ वर्षयता क्लिंकर र सिमेन्ट विक्रीबाट ६२ अर्ब बराबरको बिक्री गरेको हो।

होङ्सी शिवम्ले आर्थिक वर्ष २०७८/०७९ मा १७ अर्ब ४ करोड रुपैयाँको सिमेन्ट तथा क्लिंकर विक्री गरेको छ।आर्थिक वर्ष २०७७/०७८ मा १७ अर्ब ४५ करोडको विक्री गरेको थियो। २०७७/०७८ को तुलनामा भने ४१ करोड रुपैयाँले व्यापार घटेको छ।

विश्व बजारमा कोइलाको मुल्य बढ्दा त्यसको असर नेपाली सिमेन्ट उद्योगमा परेको छ। कोभिड १९ माहामारी र अहिलेको आर्थिक गतिशील कम हुँदा सिमेन्टको व्यापार माग भने बढ्न नसकेको उद्योगले उल्लेख गरेको छ।आर्थिक वर्ष २०७६/०७७ मा १३ अर्ब ३७ करोड कारोबार गरेको थियो। आव २०७५/७६ मा १३ अर्ब ३७ करोडको कारोबार गर्‍यो। कम्पनीले उत्पादन शुरु गरेको ३ वर्षसम्म डिजेल युनिटबाटै उत्पादन गरेको थियो।

२०१५ मा स्थापना भएको कम्पनी नवलपुरमा रहेको छ। कम्पनीले हाल ओपिसी र पीपीसी सिमेन्ट होङ्सी ब्रान्डमा उत्पादन गरिरहेको छ। मार्च २०१८ बाट सिमेन्ट र सोही वर्ष मेदेखि क्लिंकर उत्पादन सुरु गरेको थियो। कम्पनीले उत्पादन थालेको ४ वर्ष बढी भएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा उत्पादन शुरु भए पनि २०७५/०७६ मा पूर्ण रुपमा उत्पादन थालेको थियो। होङ्सी शिवम् सिमेन्टको किंलकर उत्पादन क्षमता वार्षिक २० लाख रहेको छ भने २३ लाख गेन्डिङ युनिटको रहेको छ। कम्पनीको क्षमता अनुसारको उत्पादन विस्तारै बढ्दै गएको छ। कम्पनीको ७० प्रतिशत सेयर होङ्सी ग्रुप (हङकङ रेड लाइन सिमेन्ट) रहेको छ।

जसले चीनमा ५० भन्दा बढी ठुला सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ। होङ्सी हाल लाओस, इन्डोनेसिया र म्यान्मारमा समेत आफ्नो लगानी गरेको छ। ३० प्रतिशत शिवम् होल्डिङ लिमिटेडको छ।

कम्पनीको कुल विक्रीमध्ये ५३ प्रतिशत सिमेन्ट अघिल्लो वर्ष सिमेन्टको हिस्सा ४२ प्रतिशत रहेको थियो। । होङ्सीले ४७ प्रतिशत क्लिकरबाट आम्दानी गरेको छ। होङ्सी सबैभन्दा बढी किंलकर उत्पादन गर्ने कम्पनीमा पर्छ। कम्पनीको नाफाको प्रतिशतपनि घटेको छ। अघिल्लो वर्ष २७ प्रतिशत कर,ब्याज, अवमूल्यन सहितको नाफा रहेकोमा अहिले १६ प्रतिशतमा झरेको छ। बजारमा सिमेन्टको प्रतिस्पर्धा बढेसँगै सिमेन्टको नाफामा समेत कमी आएको छ।

कम्पनीलाई सुरुमा नेपालका स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्न अफ्ठेरो भए पनि होङ्सी ब्रान्ड परिचित हुँदा सिमेन्ट विक्री गर्न सहज बन्दै गएको कम्पनीले उल्लेख गरेको छ। करिब ५ दर्जन ग्रेन्डिङ प्लान्टबाट सिमेन्ट उत्पादन भैरहेको छ भने २० बढी उद्योगले किंकर उत्पादन गर्दै आएका छन्। पुराना उद्योगले पनि आफ्नो क्षमता विस्तार गरिरहेका छन्।

दैनिक ६ हजार उत्पादन क्षमता भएको कम्पनीले दैनिक १२ हजार पुर्‍याउने तयारी गरिरहेको छ। होङ्सी शिवम् सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयलले पाल्पामा रहेको चुनढुंगा खानीबाट कन्भेयर बेल्ट लगाएसंगै दैनिक १२ हजार क्षमताको उद्योग चलाउने बताउँछन्।

होङ्सी शिवम् सिमेन्टले अधिकांश सिमेन्ट उद्योगलाई किंकर विक्री गर्दै आएको छ। गोयलले उद्योगलाई चाहिले चुनढुंगा गाडीबाट ढुवानी गरेर संभव नहुने बताए। त्यसबाहेक होङ्सी शिवम् ले दाङ सिमेन्टमा लागनीको प्रक्रिया अघि बढाएको छ। १५ वर्षअघि नै स्वीकृत भएको आयोजना विद्युत, सडक लगायतको कारण देखाउँदै स्थापना हुन सकेको थिएन। भारतको अम्बुजा सिमेन्टको स्वामित्वको उद्योगलाई टेकओभर गरेको थियो। दाङ सिमेन्टबाट उत्पादन गर्न अझै केही वर्ष लाग्ने कम्पनीले उल्लेख गरेको छ।

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...