CG Electronics
IME Life
Ncell NPL

१४ बैंक चम्किदा १२ बैंक सुस्ताए, तीन महिनामा कुन बैंकले कति नाफा कमाए ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज)मा वाणिज्य बैंकहरूको खुद नाफामा सामान्य बढोत्तरी भएको छ । चालु आवको ३ महिनामा गत वर्ष वर्षको सोही अवधिको तुलनामा बैंकहरूको खुद नाफा ५.९४ प्रतिशतले बढेको हो ।

चालु आवको असोज मसान्तसम्म २६ वटा वाणिज्य बैंकहरूले कुल १८ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा १ अर्ब ५ करोड रुपैयाँ बढी हो । गत वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १७ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

पहिलो त्रैमासमा एउटा वाणिज्य बैंकले औसतमा ७२ करोड १४ लाख खुद नाफा कमाएको छ । गत वर्ष बैंकको औसत नाफा ६८ करोड ९ लाख रुपैयाँ थियो ।

तरलता अभावका कारण लक्ष्य अनुसार कर्जा विस्तार गर्न नसक्दा बैंकहरूको नाफामा सामान्य मात्र बढोत्तरी भएको हो । यद्यपि, कर्जा विस्तार गर्न नसके पनि ब्याजदर बढेकाले बैंकको नाफामा केही टेवा पुगेको छ ।

१४ बैंकको नाफा बढ्यो, १२ को घट्यो

पहिलो त्रैमसमा २६ वटा वाणिज्य बैंकहरूमध्ये १४ वटाको खुद नाफा बढेको छ भने १२ वटाको घटेको छ । अर्थतन्त्रमा सुधार नआउँदा ऋणीले समयमै ऋण तिर्न सकेका छैनन् । लगानी गरेको ऋण समयमै असुल हुन् नसक्दा बैंकहरूको प्रोभिजनिङ बढेकाले १दर्जन बैंकको खुद नाफामा गिरावट आएको हो । निक्षेप अभावमा एकतिर कर्जा लगानी नहुनु र अर्कोतर्फ बैंकको लागत वृद्धिले आम्दानी खुम्चिएको छ ।

पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा बढाउनेमा कुमारी बैंक रहेको छ । यसले गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ८५ प्रतिशतले बढाउन सफल भएको छ । त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबीआइ बैंकले पनि समान ६८ प्रतिशतले नाफा बढाएका छन् ।

समीक्षा अवधिमा सनराइज बैंकको खुद नाफामा भारी गिरावट आएको छ । गत वर्षको तुलनामा सनराइजको खुद नाफा ६१.५ प्रतिशतले घटेको छ । त्यस्तै, कृषि विकास बैंकको नाफा ५४.५, सिद्धार्थ ४७.५, मेगा ४४.३ प्रतिशतले घटेको छ ।

नबिललाई उछिन्दै एनआइसी बन्यो धेरै कमाउने बैंक

बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । यस बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले ४८.७९ प्रतिशतले बढाएको हो ।

दोस्रोमा नबिल बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । यस बैंकले समीक्षा अवधिमा खुद नाफा ४१.३ प्रतिशतले बढाएको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ११ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने गत वर्षको तुलनामा १८.६६ प्रतिशतले बढाएको छ । ग्लोबल आइएमई बैंकले १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको छ । यस बैंकले ६.९५ प्रतिशतले नाफा बढाएको छ । समीक्षा अवधिमा सनराइज बैंक सबैभन्दा कम नाफा कमाउने बैंक बनेको छ । ३ महिनामा सनराइजले जम्मा १६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।

६ बैंक अर्बपति क्लबमा

पहिलो त्रैमासमा ६ वटा बैंकले १ अर्ब बढी खुद नाफा कमाएका छन् । गत वर्ष पहिलो त्रैमासमा ५ वटा बैंक अर्बपति क्लबमा थिए ।चालु आवमा एनआइसी एशिया, नबिल, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य, कुमारी र नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब बढी नाफा कमाएका हुन् ।यस्तै, १३ वटा बैंकले ५० करोडदेखि ९० करोडको बीचमा खुद नाफा कमाएका छन् भने ८ वटाको नाफा ५० करोडभन्दा कम रहेको छ ।

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...